आइतबार १९ मंसिर २०७८

धादिङ : त्रिपुरासुन्दरी गाउँपालिका–१ की ४५ वर्षीया सरस्वती कुमाल सोमबार दिउँसो खोल्सी बजारनजिकै सडक कुनामा पु’रिएको अवस्थामा मृ’त फेला परिन्। स्थानीयले सडक निर्माणमा प्रयोग गरिएको ‘डोजरको ठ’क्करपछि घा’इते या मृ’त्यु भएको’ अवस्थामा सरस्वतीलाई पु’रेको हुन सक्ने बताएका छन्। प्रहरीले भने घट’नाको अनु’सन्धान जारी रहेकाले यसै भन्न नसकिने जनाएको छ।

शारीरिक रूपमा अशक्त सरस्वतीसहित चार महिला सोमबार घाँस काट्’न गएका थिए। अन्य तीन जना भने फर्किएको स्थानीयले बताएका छन्। ‘उनले लगाएको चप्पल, उनले बोकेको घाँसको भारी, नाम्लो श’व पुरिएकै ठाउँमा पुरिएको छ’, स्थानीय शम्भु पाण्डेले भने, ‘यो नियोजित रूपमा भएको द’र्दनाक ह’त्या हो।’

सरस्वतीका छोरा सन्तबहादुर कुमालले यो घ’टनामा डोजर साहु या सडक ठेकेदारको मिलेमतो हुन सक्ने आ’शंका गरे। ‘चालक आफैंले मात्रै यत्रो अप’राध गर्ने आँट गर्नै सक्दैनन्’, सन्तबहादुरले भने, ‘चालकले आफूभन्दा माथिकालाई सोधेर घट’ना लु’काउन नियतवश यो सब गरेको कुरामा हामीलाई शं’का छ।’

धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले घट’नामा मुछिएको डोजरका चालक फ’रार रहेकाले विस्तृत अनु’सन्धान हुन नसकेको बताए। ‘ती महिलाको श’व हामीले माटोले पुरिएको अवस्थामा निकालेका हौं। डोजरले ठ’क्कर दिएपछि मृ’त्यु भएर जानाजान पु’रियो कि घा’इते अवस्थामै पुरियो कि ? एक ठाउँमा घ’टना भएपछि अर्को ठाउँमा लगेर पुरियो कि भन्ने अ’नुसन्धा’नमै छौं’, एसपी खड्काले भने।

घट’नापछि आ’क्रोशित स्थानीयले उक्त डोजरमा आ’गज’नी गरेका थिए। डोजर चालक, डोजर साहु अथवा सडकका ठेकेदारलाई प’क्राउ गर्नुपर्ने माग राख्दै स्थानीयले शव उठाउन पनि दिएका थिएनन्। सोमबार दिउँसो १ बजेतिर घट’ना भए पनि साँझसम्म सरोकारवाला पक्ष सम्पर्कमा नआएपछि स्थानीयले प्रहरी चौकी घे’राउ गरेका थिए।

‘प्रहरीले डोजर चालक, साहु ठेकेदार कोही नआउँदै श’व उठाएर पो’स्टमार्टमका लागि लैजान खोजेपछि हामीले प्रहरी चौकी घे’राउ गरेका हौं’, नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने,। साँझपख प्रहरी चौकीमै ढुं’गामु&ढा हुन थालेपछि प्रहरीले स्थिति नि’यन्त्रणमा लिन ती’न राउन्ड हवाई फा’यर गरेको थियो।


Last Updated on: March 4th, 2021 at 9:03 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६० पटक हेरिएको

तपाईको प्रतिक्रिया