बिहिबार १० आषाढ २०७८

बलिउड अभिनेता टाइगर श्राफले फिल्म उद्योगमा राम्रो पहिचान बनाइसकेका छन् । उनकी बहिनी कृष्णा श्राफ भने फिल्मबाट टाढा छिन् तर आफ्ना बोल्ड फोटोका कारण चर्चामा रहिरहन्छिन् । हालै उनले बिकिनी फोटोसुट गराएकी छिन् जुन फोटोसुट सामाजिक संजालमा चर्चामा छ । यी तस्वीरहरु देखेर फ्यानले कृष्णालाई बलिउडमा प्रवेश गर्न सल्लाह दिएका छन् ।

कृष्णाका यी बिकिनी फोटोमा उनको शरीरका ट्याटुहरु देख्न सकिन्छ । उनले आफ्नो हात, कम्मर, र्थामा बनाएका ट्याटुलाई यो फोटोसुटमा सुन्दरताका साथ प्रदर्शन गरेकी छिन् । कृष्णा यसअघि पनि बोल्ड फोटोका कारण चर्चामा रहिसकेकी छिन् । उनले आफ्नो २८ औं जन्मदिनमा बिकिनी फोटो शेयर गरेकी थिइन् ।


Last Updated on: March 4th, 2021 at 2:06 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५००७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया