आइतबार १९ मंसिर २०७८

स्वस्थ नङ्गहरु चिल्लो र दागरहित हुन्छन् । यिनीहरुमा त्यस्तो कुनै खाल्टो हुदैन । तर, कहिलेकाहीँ स्वास्थ्य समस्याका कारण नङ्ग टुक्रिने, विभाजित हुने र चिरिने लक्षणहरु देखा पर्छन । नङ्ग टुक्रिनु सामान्य हो । तर, यसले ठुलो समस्या निम्त्याउन सक्छ । यस्तो लक्षण हात र खुट्टा दुवैका नङ्गहरुमा देखिन्छ । यसो हुनुको कारणमा शारीरिक दुर्घटना र पौष्टिक आहारको कमि हुन सक्ने सम्भावना देखिन्छ । नङ्ग किन टुक्रिन्छ भन्नेबारे यहाँ केही जानकारी दिइएको छ: उमेरका कारण धेरै लामो समयसम्म नङ्ग पालिसको प्रयोग गर्नाले लगातार पौडि खेल्नाले वा निरन्तर पानिमा काम गर्नाले
१.भिटामिनको कमी : यदि नङ्ग कमजोर भई भाँचिन थाल्यो भने शरीरमा महत्वपुर्ण भिटामिन र खनिज पदार्थको कमि भएको संकेत दिन्छ । भिटामिन बायोटिनको कमिले नङ्ग फुट्छ । त्यसैगरी शरीरमा आइरन, भिटामिन बि, सि, डि, वा इ को कमिले पनि नङ्ग फुटेको लक्षणहरु देखा पर्छन । एक अध्ययनका अनुसार दैनिक बायोटिन भिटामिन खानाले २५% नङ्गको मोटोपना बढ्छ । बायोटिनलाई भिटामिन बि.७ वा भिटामिन एच पनि भनिन्छ । च्याउ, केरा, अण्डा, सिमी र सबै अन्नहरु यसका स्रोत हुन । यि खानाहरुको सन्तुलित रुपमा प्रयोग गर्ने हो भने नङ्गहरुलाई बलियो बनाउन र टुक्रिनबाट बचाउन सकिन्छ ।

२.प्रोटिनको कमी: यदि शरीरमा प्रोटिनको कमि भयो भने नङ्ग फुट्छ । प्रोटिनको मात्रा उच्च भएको खानाले नङ्गको स्वस्थपना बढाउँछ । प्रोटिनले केराटिन तत्व बनाउँछ जसबाट नङ्ग निर्माण भएको हुन्छ । नङ्गलाई स्वस्थ र बलियो बनाउनकोलागी स्वस्थ माछामासु, सिमी, अण्डा र फ्याट कम भएको खाना खानुपर्छ ।

३.पानीको अभाव: नङ्ग टुक्रिनुको मुख्य कारण शरीरमा पानीको अभाव हुनु पनि एक हो । यदि पानी प्रशस्त मात्रामा पानी पिइएन भने नङ्गले आवश्यकतानुसारको प्रतिरक्षात्मक तत्वहरुको निर्माण गर्दैन । तसर्थ नङ्ग बलियो बनाउन पर्याप्त पानी पिउनुपर्छ ।

४.टाईपिङ: धेरै लामो समयसम्म कि–बोर्ड अथवा स्क्रिनमा टाईप गर्नाले नङ्गको स्वास्थ्यलाई प्रतिकुल असर पर्छ । जसकारण नङ्ग टुक्रिन्छ । नङ्गको वृद्धि भइरहने क्रममा टाईप गर्दा बढिरहेको नङ्ग टुक्रिने सम्भावना हुन्छ ।

५.नङ्ग पालिस: नङ्ग पालिस सुन्दरता बढाउनको लागी प्रयोग गरिन्छ । तर यसले नङ्गलाई धेरै असर गर्छ । यसमा विभिन्न रसायनहरुको मिश्रण हुन्छ जसले नङ्गको बलियोपना नै नष्ट गरिदिन्छ ।

६.पानीको प्रयोग: यहाँ पानिको प्रयोग भन्नाले पानि पिउने होइन । तर, पानिमा निरन्तर काम गर्नु हो । लगातार लामो समयसम्म पानिमा काम गर्नाले नङ्ग नरम भई भाँचिन्छ । यसबाट बच्न पानिमा काम गर्दा ग्लोब लगाएर मात्र काम गर्नुपर्छ । एजेन्सीको सहयोगमा


Last Updated on: March 4th, 2021 at 5:00 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया