शुक्रबार ०४ आषाढ २०७८

काठमाडौँ– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहित चार जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरको नेतृत्वमा रहेको विशेष टोलीले उनीहरुलाई ललितपुरको गिम्दीबाट पक्राउ गरेको हो ।
‘ललितपुर र नेपाल प्रहरीको विशेष ब्यूराको विशेष कारबाहीमा उनीहरुलाई पक्राउ गरिएको हो,’ खबरहबसँग कुराकानी गर्दै प्रहरी उच्च स्रोतले पक्राउको पुष्टि गरेको हो ।
ललितपुरको दक्षिणी भेगको गिम्दी (ललितपुर र मकवानपुर जोड्ने) क्षेत्रबाट बाँस्तोलासहित चार नेता पक्राउ परेको स्रोतले जानकारी दिएको हो ।
स्रोतका अनुसार नेता बास्तोलासहित बिबेक कुमाल, प्रकाश शाही र विश्वाश भनिने सरोज रखाललाई प्रहरीले पक्राउ गरेको हो ।


Last Updated on: January 13th, 2021 at 6:32 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया