आइतबार १९ मंसिर २०७८

सरकारले एकलौटी रुपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता र सहमति गरेको नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले विप्लवसँग वार्ता, सहमति गर्दा सरकारले १० वर्षे द्वन्द्व व्यवस्थापनको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेससँग कुनै परामर्श नगरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।

बिहीबार बसेको कांग्रेसको वर्तमान र पूर्व पदाधिकारीको बैठक चलिरहेका बेला सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रवक्ता शर्माले संविधानको परिधिभित्र रहे गरिने वार्ता सहमतिमा कांग्रेसको कुनै आपत्ति नहुने धारणा व्यक्त गरेका हुन्।

मिडियाहरूबाट प्राप्त जानकारीकै आधारमा कांग्रेसले यसमा धारण बनाउँदै शान्तिपूर्ण तरिकाबाट समाधान खोज्ने विषयले सकारात्मक भएको बताइसकेको उनले बताए।

आफूहरूले १० वर्षे द्वन्द्व व्यवस्थापन गर्दा सबै पार्टीलाई विश्वासमा लिएको भन्दै शर्माले सरकाले कम्तिमा विश्वासमै लिनका लागि पनि सबै पार्टीसँग परामर्श गर्नु राम्रो हुने धारणा व्यक्त गरे।

‘विगतमा १० वर्ष लामो हिंसात्मक द्वन्द्वलाई समाधानमा पु¥याउँदै गर्दा नेपाली कांग्रेसले कसरी सबैलाई समन्वय गरेर परिपक्क ढंगले गएको थियो भन्ने सरकारले नसिकेको देखियो’ प्रवक्ता शमाले गुनासो गरे।

तीन बुँदे भनी आएको सहमतिको विस्तृत रुप आएपछि यसबारे स्पष्ट धारणा बनाउने उनले जानकारी दिए।


Last Updated on: March 4th, 2021 at 7:28 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया