मंगलबार १४ मंसिर २०७८

काठमाडौं – अभिनेता राणा दग्गुबाती अभिनित फिल्म ‘हाथी मेरे साथी’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा राणाको धमाकेदार अभिनय देखिएको छ । ट्रेलरमा जंगली हात्तिलाई बचाउन एक व्यक्तिले गरेको संघर्ष देखाइएको छ ।

राणा फिल्म ‘बाहुबली’ का भल्लालदेव भनेर पनि चिनिन्छन् । २६ मार्चमा प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मलाई प्रभु सोलोमनले निर्देशन गरेका छन् । फिल्ममा राणा दग्गुबाती बनदेव नामक एक जंगल म्यानको भूमिकामा छन् ।

हिन्दी, तमिल र तेलुगू भाषामा बनेको यस फिल्ममा पुलकित सम्राट, श्रिया पिलगांवकर, जोया हुसेन लगायतका कलाकारको अभिनय रहेको छ ।


Last Updated on: March 5th, 2021 at 1:35 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७५० पटक हेरिएको

तपाईको प्रतिक्रिया