मंगलबार १४ मंसिर २०७८

सोलुखुम्बु । सोलुखुम्बुमा हाडनाता करणीको आरोपमा दाजु बहिनीलाई प्रहरीले पक्राउ गरेको छ। महाकुलुङ गाउँपालिकाका २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले जनाएकाे छ ।

आफ्नै छोराछोरीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीलाई खबर गरेकी थिइन् । एउटै आमाको कोखबाट जन्मिएका दाजु-बहिनीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिहे नै गर्न लागेको बताएका छन् । उनीहरुले बिहे गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै शारीरिक सम्पर्क गरेको बताएका छन् ।

अहिले दुवै जनालाई पक्राउ गरेर अनुसन्धान थालेकाे बताउँदै हाडनाता करणीमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।


Last Updated on: March 5th, 2021 at 4:16 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४२८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया