मंगलबार १४ मंसिर २०७८

को’रोना म’हामारीका कारण संसारभर यात्राका क्रममा स्वास्थ्य मा’पदण्ड पूरा गर्नुपर्ने नियम बनाइएको छ। अझ हवाई यात्रामा त धेरै सा’वधानी अपनाउनु पर्छ। तर भारतमा एक अनौठो घ’टना भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्दौरका लागि इन्डिगो विमानले उडान भर्नै लाग्दा विमानमा रहेका एक यात्रीले क्याविन क्रूलाई आफू को’रोना संक्रमित भएको जानकारी दिए। उनले विमान मा रहेका विमान कर्मचारीलाई यो जानकारी दिएसँगै उड्नै लागेको विमानलाई पार्किङ गरियो।

विमानमा रहेका सबै यात्रुलाई ओरालियो। त्यसपछि विमानलाई स्यानिटाइज गरियो। यात्रुहरुलाई अन्य विमानबाट गन्तव्यमा पुर्याइयो । समाचार अनुसार ती व्यक्तिले विमानमा यात्रा गर्नु अगाडि पीसीआर परीक्षणका लागि स्वाब नमुना दिएका थिए । तर, रिपोटए आइ नसक्दै उनी विमानद्वारा यात्रा गर्न लागे। जब विमान उड्ने तयारीमा पुग्यो, उनको रिपोर्ट मोबाइलमा आयो। उनी को’रोना संक्रमित थिए। त्यसैले उनले विमानमा रहेका विमान कर्मचारीलाई यो विषयमा जानकारी दिएका थिए।


Last Updated on: March 6th, 2021 at 8:21 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया