शनिबार ११ मंसिर २०७८

ताप्सी पन्नु बलिउड क्षेत्रकी निकै चर्चित अभिनेत्री हुन् । उनी वक्सअफिसमा सबैभन्दा शिखरमा चढ्न सक्ने सफल अभिनेत्री बनिन् । एक वर्षको अवधिमा रिलिज भएका तप्सीका ५ सिनेमाले वक्सअफिसमा ३ सय ५२ करोड भारू कमाइ गरेपछि उनी बलिउडको सबैभन्दा सफल अभिनेत्री बनेकी हुन्।

एक वर्ष भित्रैमा नायिका तप्सीले ‘मिसन मंगल’ ‘गेम ओभर’, ‘बदला’,’साड की आँख’ र ‘थप्पड’ गरी पाँच सिनेमा रिलिज भएका थिए। यी ५ सिनेमाका लागि तप्सीले समीक्षक र दर्शकबाट राम्रो तारिफ बटुलेकी छन्।

तप्सीको हात हाल ‘रश्मी रकेट’ र ‘हसिन दिलरूबा’ जस्ता सिनेमा छन्। उनी सामाजिक संजालमा पनि निकै संक्रिय रहन्छिन् ।

चर्चामा आएसँगै उनी विवादमा पनि फसेकी छन् । अभिनेत्री तापसी पन्नु र निर्देशक अनुराग कश्यपले ६५० करोड भारु बराबरको आयकर छलेको आशंका गरिएको छ। भारतको आयकर विभागले छानबिन गर्दा उक्त आशंका गरिएको हो।

विभागले कर छलेको आरोपमा बुधबार कश्यप, तापसीलगायत कलाकारको घरमा छापा मारेको थियो।

उनले आफ्नो घरमा छापा मारेको भन्दै असन्तुष्टी व्यक्त्त गरेकी छिन् । मैले स्वामित्व लिएर नै गर्मीयाममा बिदा मनाउन जानुपर्ने भएकोले पेरिसमा घर किनेको भन्दै उनले असन्तुष्टी पोखेकी छिन् ।

आफु त्यति सस्तो पनि नभएको उल्लेख गर्दै उनले अनावश्यक कार्य नगर्न आग्रह समेत गरेकी छिन् ।


Last Updated on: March 6th, 2021 at 5:47 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया