मंगलबार १९ साउन २०७८

काठमाडौँ । थकानको अनुभव सबैलाई हुन्छ । आराम गरेपछि या सुतेपछि थकाई मेटिन्छ। तर जब सुत्दा या आराम गर्दा पनि थकाई मेटिंदैंन भने ‘क्रोनिक फटिग’ को संकेत हुन सक्छ। यो रोगमा बिरामी सधैं आलस्य महसुस गर्छ।

आलस्यताले उसको मानसिक, शारीरिक या सामाजिक स्तरमा असर पर्छ। व्यस्त दिनचर्या, खराब जीवनशैली, बिरामी, अनियमित या असन्तुलित खानपान, भाइरल इन्फेक्सन अथवा बायो-साइकोलोजिकल कारणबाट यस्तो हुन सक्छ।

यस्तो अवस्थामा दिनचर्या बदल्न, मनोवैज्ञानिक सल्लाह लिन, डाक्टरको सल्लाहमा औषधि लिनुका अलावा राम्रोसंग निद्रा पु¥याउनाले समस्या काफी हदसम्म ठीक हुन्छ।

बढी आलस्यताले केही गम्भीर रोगको संकेत गर्छ । मुख्य रुपमा यी चार खालका रोगमा आलस्यता देखिन्छ।

मुटुको रोगको खतरा
अनुसन्धानअनुसार हृदयाघातको ७० प्रतिशत मामिलामा केही हप्ता पहिलेदेखि नै असामान्य थकान अनुभव हुन थाल्छ। पुरुषको तुलनामा महिलामा यो लक्षण बढी देखिन्छ।

यसको रोकथामका लागि धूमपान र मदिराबाट टाढै रहने, सन्तुलित आहार लिने र ३० देखि ६० मिनेटसम्म एरोबिक एक्सरसाइज गर्ने गर्नुपर्छ।

यसका साथै, कोलेस्टेरोल, ब्लड प्रेसर, सुगर, लिपिड प्रोफाइल, इसीजी, टीएमटी परीक्षण र एन्जिओग्राम गराउनुपर्छ।

यदि श्वास फुल्छ या कब्जियतको समस्या छ भने डाक्टरको सल्लाहमा सीटी स्क्यान या इकोकार्डियोग्राम गराउन सकिन्छ।


Last Updated on: January 13th, 2021 at 8:51 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया