सोमबार १३ मंसिर २०७८

कन्या राशि राशि चक्रको छैटौँ राशि हो र यसको प्रतीक चिह्न पनि हातमा फूल लिएकी कन्या (कुमारी केटी) नै हो ।

राशि चिह्न कन्या भएकाले यिनीहरू सङ्कोच गर्ने र लजाउने बानीका साथमा जन्मन्छन्, तर शिक्षादीक्षा र परिपक्वताले लजाउने बानी त हट्छ, तर नम्रता यिनीहरूको नैसर्गिक गुण बन्न पुग्छ । यस राशिको राशि स्वामी बुध हो ।

यो राशिको दिशा दक्षिण हो । यस राशिका व्यक्तिहरू अत्यधिक महत्त्वाकाङ्क्षी र भावुक हुन्छन् । मस्तिष्कको उपयोग गरेर होइन, यिनीहरूले कुनै काम गर्दा मानसिक ऊर्जाको प्रयोग गर्दछन् । यिनीहरूको शारीरिक प्रकृति कोमल हुन्छ ।

यिनीहरूको झुकाव ललितकलाका कुनै क्षेत्रमा हुने गर्दछ । आफ्नो व्यक्तिगत योग्यता र क्षमताका बलमा यिनीहरू उच्च पदमा पदासीन हुन पुग्छन् ।

यिनीहरूको बाल्यावस्था, युवावस्था र वृद्धावस्थामा क्रमशः सुख सुविधामा वृद्धि हुँदै जान्छ अर्थात् उमेर परिपक्व हुँदै जाँदा यिनीहरू पेसागत र आर्थिक रूपमा समृद्ध र स्थिर बन्दै जान्छन् । विपरीत परिस्थितिको सिर्जना भए पनि यिनीहरू आफ्नो लक्ष्य र उद्देश्यप्रति अडिग र स्थिर रहने गर्दछन् ।

सद्गुण, विचारले भरिपूर्ण जीवन, बुद्धिमान्, सादगीपूर्ण नम्र व्यवहार यस राशिका जातकको विशेषता हो र यिनै वैशिष्ट्यले गर्दा निरन्तर उन्नतिशील र प्रतिष्ठित बन्न पुग्दछन् । यिनीहरू विना कारण रिसाउँदैनन् तर कुनै कारणले रिसाइहाले भने छिट्टै शान्त हुन सक्तैनन् र जोसँग रिसाएका हुन्छन्, त्यसप्रति घृणा र ईर्ष्या भावले हेर्ने गर्दछन् ।


Last Updated on: March 7th, 2021 at 7:29 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया