शनिबार ११ मंसिर २०७८

भारतको गुजरातमा रहेको गान्धीनगरमा २६ वर्षीया शिक्षिका आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीका साथ भागेकी छन् । विद्यार्थीका पिता सरकारी कर्मचारी हुन् र उनले प्रहरीसमक्ष शिक्षिकाका विरुद्ध उजुरी दर्ता गरेका छन् ।

शिक्षिकाले छोरालाई फकाएर आफूसँग लगेको उनको आरोप छ । शिक्षिका र विद्यार्थी शुक्रवार अपराह्न ४ बजेदेखि गायब छन् ।

एक प्रहरी अधिकारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिएकी थिइन् र विद्यालयका अधिकारीहरूले उनीहरूलाई चेतावनी समेत दिएका थिए । शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दुर्लभै घटना भएको ती अधिकारीको भनाइ छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

भारतीय दण्ड संहिताको दफा ३६३ अन्तर्गत पोइल जाने कसूरमा कलोल प्रहरीसमक्ष उजुरी दर्ता गरिएको छ । उजुरीमा ती शिक्षिका कलोल शहरको दरबारी चालमा बस्ने उल्लेख छ ।

‘म बेलुका ७ बजे घर पुग्दा छोरो हराइरहेको पाएँ । छोरो ४ बजेतिर घरबाट निस्केको पत्नीले बताइन् । हामीले उसलाई टोलभरि खोज्यौं र नातेदारहरूकहाँ पनि सोधखोज गर्‍यौं तर पत्ता लगाउन सकेनौं ।

म त्यसपछि शिक्षिकाको घर गएँ तर उनीहरू त्यहाँ थिएनन्,’ किशोरका पिताले उजुरीमा उल्लेख गरेका छन् । उनीहरू दुवैले मोबाइल फोन नबोकेकाले पत्ता लगाउन गाह्रो परेको कलोल शहर प्रहरीका निरीक्षक केके देसाईले बताए ।


Last Updated on: March 7th, 2021 at 8:28 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया