शनिबार ११ मंसिर २०७८

काठमाडौं। एक युवतीले डेटिङ एप टिण्डरमार्फत एक युवकसँग मित्रता गरिन्। उनीहरु तीन पटकसम्म साथमा डेटिङ गए तर त्यसपछि युवतीले युवकलाई वास्ता गर्न छाडिन्।

युवतीले वास्ता गर्न छाडेपछि ती युवकले डेटिङमा खर्च भएको पैसा फिर्ता मागेपछि अहिले ती युवती चकित परेकी छिन्। युवकले ३ पटकको डेटिङमा आफूले खाना र पेय पदार्थमा गरेको खर्च भन्दै ३५ डलर (४ हजार रुपैयाँ) फिर्ता मागेका हुन्।

‘द सन’मा प्रकाशित रिपोर्टअनुसार अमेरिकाको विस्कन्सिनकी एलेक्स कोलबोथ नामकी युवतीलाई ती युवकले म्यासेज पठाउँदै आफूहरु डेटिङमा जाँदाको खर्च दुवैले बराबर ब्यहोर्दा मात्र उचित हुने बताउँदै आफूले ३ पटकको डेटिङमा उनको लागि खर्च गरेको रकम ३५ डलर निर्धारण गर्दा उचित हुने र त्यो रकम आफूलाई फिर्ता दिइनुपर्ने बताएका छन्। उनले तीन पटकको डेटिङमा रेष्टुरेण्ट, बारमा आफूले पैसा तिरेको बताएका छन्।

युवकले एलेक्स इमान्दार भएको आफूलाई विश्वास भएको भन्दै उनलाई पैसा तिर्न सजिलो होस् भनेर म्यासेजमै आफ्नो भेनमो अकाउन्टको लिंकसमेत पठाएका छन्। एलेक्सले भने युवकले यस्तो म्यासेज पठाएपछि म्यासेजको स्क्रिनशट ट्वीटरमा शेयर गरेकी छिन्।

ट्वीटरमा भने मानिसहरुले यस विषयमा विभाजित प्रतिक्रिया दिएका छन्। केहीले यो माग जायज भएको भनेका छन् केहीले भने यदि पछि पैसा माग्ने भए पहिल्यै यो कुरा बताउनुपर्ने बताएका छन्। उनीहरुले युवकले स्वेच्छाले पैसा तिरेकोले फिर्ता माग्न नमिल्ने बताएका छन्।,


Last Updated on: March 7th, 2021 at 8:30 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया