आइतबार १९ मंसिर २०७८

काठमाडौं – सोमबार देशका सुदुरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भू-भागहरूमा पूर्ण बदली रहेको छ भने बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ ।

आज दिउँसो देशका सुदुरपश्चिम प्रदेश का साथै देशका पहाडी भू-भागहरुमा सामान्य बदलीको सम्भावना रहेको छ भने बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ ।

देशको गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भू-भागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेश १ का एक वा दूई स्थानहरुमा मेघगर्जन र चट्टयाङ सहित बर्षाको सम्भावना रहेको छ । त्यस्तै केही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ भने बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

देशको प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू-भागहरु एक वा दूई स्थानहरुमा हल्का बर्षाको सम्भावना रहेको छ ।


Last Updated on: March 8th, 2021 at 7:44 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया