मंगलबार १९ साउन २०७८

काडमाडौं, माघ १। पछिल्लो समय कोरोना बीमाको दाबी भुक्तानी ‘फास्ट ट्र्याक’मा भए पनि कोरोना बीमा गर्नेको संख्या भने ह्वात्तै घटेको छ । शुरुआती समयमा कोरोना बीमाको कारोबार उत्साहजनक थियो । तर, बीचको समयमा यसको दाबी भुक्तानीमा ढिलाइ भएपछि यसको कारोबार पनि प्रभावित भएको थियो । अहिले कोरोना बीमाको दाबी भुक्तानी चुस्तरूपमा भए तापनि बीमा गर्नेहरू भने घटेका छन् ।

पहिले दैनिक हजारौंले कोरोना बीमा गर्ने गरेकोमा हाल ३–४ सय जनाले मात्र बीमा गर्ने गरेको कम्पनीहरू बताउँछन् । एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुनीलवल्लभ पन्तले पछिल्लो समय कोरोना बीमा न्यून मात्रामा हुने गरेको बताए ।

कोरोना महामारी कम हुँदै गएको भन्ने बुझाइले बीमा गर्नेहरू घटेको हुन सक्ने उनको अनुमान छ । ‘वास्तवमा कोरोना कहर कम भएको छैन । तर, नेपालमा मानसिक रूपमा कोरोनाको कहर साम्य जस्तै भएको छ,’ उनले भने, ‘त्यसको असरले पनि बीमा गर्नेको संख्या घटेको हुन सक्छ ।’ बीमा पोलिसी परिवर्तन गर्दा पनि व्यवसाय घटेको हुन सक्ने उनले बताए ।

कोरोना बीमा दाबीतर्फ हालसम्म रू। २ अर्ब ३७ करोड ३६ लाख भुक्तानी भएको छ । बीमा समितिको सोमवारसम्मको तथ्यांकले यस्तो देखाएको हो । संख्याका आधारमा २४ हजार ३८५ जनाले दाबी भुक्तानी पाएको बीमा समितिले जानकारी दिएको छ । साथै, १७९ ओटा दाबी आवेदन भने भुक्तानीका लागि अयोग्य प्रमाणित भएको समितिको तथ्यांकमा उल्लेख छ ।

विशेषगरी अर्थ मन्त्रालयले छिटो दाबी भुक्तानी गर्न निर्देशन दिएपछि काम चुस्तरूपमा अगाडि बढेको कम्पनीको भनाइ छ । कात्तिक १८ गते अर्थमन्त्री विष्णु पौडेलले बीमा कम्पनी र बीमा समितिका प्रतिनिधिलाई बोलाएर यस्तो निर्देशन दिएका थिए । त्यसबेला १७९१ जनालाई मात्र दाबी भुक्तानी भएको थियो । तर, हालसम्म आउँदा २४ हजारभन्दा बढीले दाबी भुक्तानी पाएका छन् । यसलाई सकारात्मक रूपमा लिनुपर्ने बीमा कम्पनीहरू बताउँछन् । आर्थिक अभियान दैनिकबाट


Last Updated on: January 14th, 2021 at 7:21 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया