आइतबार १९ मंसिर २०७८

बलिउडकी चर्चित अभिनेत्री हुन् सोनाक्षी सिन्हा । धेरैजसो नयाँ फिल्मकै कारण चर्चामा आइरहने सोनाक्षी अब एक वेब सिरिजमा प्रहरी अधिकृतको भूमिकामा देखिदैछन् ।

फरहान अख्तर र जोया अख्तर निर्माता रहेको यस वेब सिरिजमा सोनाक्षी प्रहरी अधिकृतको भूमिकामा देखिने भएपछि फ्यानहरु उत्साहित भएका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सार्वजनिक भएको लुक्समा सोनाक्षी प्रहरी अधिकृतको ड्रेसमा देखिएकी छिन् ।

रिमा कागती र रुचिका ओबेरोयको संयुक्त निर्देशनमा बनेको यो सिरिज दर्शकले रुचाउने अपेक्षा गरिएको छ । फिल्म ‘घूमकेतू पनि सोनाक्षी पहिलोपटक यस वेब सिरिजमा देखिन लागेकी हुन् । यो सिरिज सोनाक्षीको लागि ‘डिजिटल डेब्यू’ हो ।


Last Updated on: March 8th, 2021 at 3:24 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया