मंगलबार १४ मंसिर २०७८

२०२० सालभरि नै घृणाको पात्र बनेकी नारी हुन् रिया चक्रावती । सुशान्त सिंह राजपूतको निधन पछि उनले जीवनमा धेरै कठिनाइहरू भोगिन् । जेल जीवन देखि लिएर समाज, बलिउड र सुशान्तको फ्यानको आलोचनाको पात्र बनिन् ।

मिडियाले पनि उनको खेदो खने । एक दुई जना बलिउडका कलाकार बाहेक उनलाई गाली गर्नेहरूको भिड नै लाग्यो । बिचराको पात्र भएर परिवारको साथमा आफ्नो कदम अगाडी बढाइन् ।

आज १ सय ११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उनले लेखेको एउटा स्ट्याटसले उनले सहानुभूति पाएकी छिन् ।

आमाको हात समाउँदै रिया
सुशान्तको मृत्यु प्रकरणमा मुछिएसँगै रिया सामाजिक सञ्जालबाट टाढिएकी उनी पुनः ७ महिना पछि सामाजिक सञ्जालमा नारी दिवसको शुभकामनासँगै फर्किएकी हुन् ।

उनले इन्टाग्राम अकाउन्टमा आमाको हात समातेको तस्बिर राखेकी छिन् । यही तस्बिर लाही सेयर गर्दै रियाले आफ्नो आमालाई अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिएकी हुन् । उनले लेखेकी छिन्, माँ और मैँ… एक साथ हमेसा के लिए… मेरी ताकत, मेरा विश्वास, मेरा धैर्य– मेरी मान्’ ।

रियाको समर्थन गर्दै उनका फ्यान
अहिले उनको यो कुरालाई लिएर धेरैले प्रशंसा गरिरहेका छन् । हिजो सम्म सुशान्तको ह त्याको आरोप लागेकी रिया आज चर्चाको शिखरमा छिन् । फ्यानहरूले उनलाई माया गरिरहेका छन् ।


Last Updated on: March 8th, 2021 at 3:45 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया