मंगलबार १४ मंसिर २०७८

काठमाडौँ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’को रिलिज मिति घोषणा गरिएको छ ।

फिल्म निर्माण समूहले आउँदो वर्षको भदौ १८ लाई रिलिज मिति तोक्दै फष्टलुक पोस्टरसमेत सार्वजनिक गरेको छ।

यो पनि पढ्नुहोस
असारमा आयोजना हुँदै ‘नेपाल टप म्युजिक अवार्ड’, आवेदन खुल्ला

अफेयरको चर्चाका बीच नेपालका रोहन श्रेष्ठको जन्मदिनमा पुगिन् श्रद्धा…

सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा झरना थापाको निर्देशन छ । अनमोल र सुहानाले यसअघि फिल्म ‘ए मेरो हजुर ३’मा अभिनय गरिसकेका छन्।

यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो । फिल्म ‘ए मेरो हजुर ४’ हाल छायांकनको अन्तिम चरणमा छ। कोभिडअघि छायांकन भइरहेको यो फिल्म लकडाउनको कारण रोकिएको थियो।


Last Updated on: March 8th, 2021 at 7:25 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६८० पटक हेरिएको

तपाईको प्रतिक्रिया