सोमबार १३ मंसिर २०७८

लसुन एकदमै गुणकारी पदार्थ हो । यसमा भएका पोषक तत्वले मानव स्वास्थ्यलाई धेरै लाभ पुर्‍याउँछ ।

दिनदिनै लसुनको प्रयोग गर्दा कैयौं रोगबाट जोगिन मद्दत पुग्छ । यसले हाम्रो रक्तनलीलाई सफा गरिदिन्छ । तर तपाईंलाई थाहा छ, कतिपय मानिस तकियामुनि लसुन राखेर सुत्छन् नि ।

यसरी सिरानीमुनि लसुन राखेर सुत्दा राम्रो निद्रा लाग्छ । अझ कोहीकोही त सौभाग्य प्राप्त हुन्छ भनेर लसुन खल्तीमा राखेर हिँड्छन् । खासमा लसुन सिरानीमुनि राखेर सुत्दा नकारात्मक ऊर्जा नष्ट हुन्छ ।

लसुनका अरू पनि फाइदा छन् । यसमा हुने याल्लिसिन शक्तिशाली पदार्थ हो ।लसुनलाई पिसेर खाँदा यसको शक्ति बढ्छ तर यसलाई पकाएर खाँदा यसका गुण नष्ट हुन्छन् ।

लसुन खाने सही तरिका भनेको यसलाई पिँधेर १५ मिनेट छोडिदिने अनि मात्र खाने हो । यसो गर्दा स्वास्थ्यलाई ठूलो फाइदा पुग्छ ।


Last Updated on: March 8th, 2021 at 9:37 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया