आइतबार १९ मंसिर २०७८

काठमाडौँ । पछिल्लो पुस्ताका लोकप्रिय गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको चर्चा चौतर्फी छ ।

प्रविण र एलिनाको स्वर रहेको नयाँ गीत ‘फूल राम्रो’को भिडियो बजारमा आएको छ । गीतकार कृष्ण के सीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय देख्न सकिन्छ ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको छायांकन र रुपेश खड्काको सम्पादन रहेको छ । अनिल केसीको प्रस्तुती रहेको भिडियो रिलिज भएसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ ।


Last Updated on: March 8th, 2021 at 9:49 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया