मंगलबार १४ मंसिर २०७८

कर्णाली नदीमा एकै परिवारका दुई जनाको शव भेटिएको छ । अन्य तीन जना हराइरहेका छन् ।
प्रहरीका अनुसार माछा मार्ने क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ बेलखेत नजिकै जाल तान्दा शव भेटिएको हो ।

पश्चिम दैलेखको आठबीस नगरपालिका– ३ निमायल निवासी मानसिंह बडुवालकी दुई छोरी वर्ष १६ की कल्पना र वर्ष १२ की सरिता बडुवालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मानसिंहकी ३ छोरी, एक छोरा र श्रीमती आइतबार दिउँसो ४ बजेदेखि बेपत्ता भएका थिए भने दुई जनाको शव कर्णाली नदीमा भेटिएको हो । अन्यको अवस्था अझैपनि अज्ञात रहेको भन्दै प्रहरीले खोजी कार्य जारी रहेको जनाएको छ ।

डीएसपी श्रेष्ठले मानसिंहका हालपनिदुई छोरीको शव भेटएपनि एक छोरी, एक छोरा र श्रीमती बेपत्ता रहेका छन् ।
स्थानीयका अनुसार मानसिंहकी श्रीमती सुकी माइत जान भन्दै घरबाट निस्किएकी थिइन् । स्थानीयले बताएअनुसार मानसिंहको परिवार चरम गरिबीमा रहेको र सोही कारण यो घटना हुन पुगेको बताइएको छ ।


Last Updated on: March 8th, 2021 at 10:11 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया