शनिबार ११ मंसिर २०७८

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँताएसँगै साबिक नेकपामा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई केन्द्रीय सदस्यले प्रचण्डको साथ छाडेका छन् ।प्रदेश नम्बर १ का संसदीय दलका उपनेता समेत रहेका केन्द्रीय सदस्य टंक आङ्बोहाङ र पूर्व सांसद तथा केन्द्रीय सदस्य पासाङ शेर्पा केपी ओलीलाई समर्थन गर्ने भन्दै नेकपा एमालेतिर लागेका हुन् ।

स्रोतका अनुसार उनीहरु दुवैजनाले सुवास नेम्वाङसँग भेटेर आफूहरु एमालेमा समाहित हुने बताएका छन् । शेर्पालाई प्रचण्डले भेट्न खोजेका थिए । तर उनले बुधबार प्रदेश १ का माओवादी केन्द्रका प्रमुख साबित्रीकुमार काफ्लेलाई भेटेर आफू एमालेमा लाग्ने औपचारिक जानकारी गराएका हुन् ।

शेर्पाले नेपाल प्रेससँग आफू एमालेतर्फ लागेको पुष्टि गरे । आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष शेर्पा ताप्लेजुङका हुन् । ताप्लेजुङबाटै माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित टंक आङ्बोहाङ केही दिनयता प्रचण्ड–माधव पक्ष छाडेर तटस्थ बसेका थिए ।

माओवादी केन्द्र ब्युँतिए पनि उनी अब त्यस पार्टीमा नफर्किने भएका छन् । उनले एमाले नताहरुसँग आफ्नो पद गए पनि मतलब नभएको भन्दै एमालेमा समाहित हुने बताएका छन् । यसअघि लुम्बिनी प्रदेशका माओवादी सांसद दधिराम न्यौपानेले पनि एमालेमा समाहित हुने बताएका थिए ।


Last Updated on: March 10th, 2021 at 9:18 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया