मंगलबार १४ मंसिर २०७८

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रदीप खड्काको आज जन्मदिन परेको छ । उनी आजबाट २९ वर्षमा प्रवेश गरेका छन् ।

ललितपुरको कुसुन्तीमा सन् १९९२ मार्च १० मा जन्मिएका उनी पछिल्लो समयमा चलचित्रमा जमेका अभिनेता हुन् । सन् २०१७ मा मार्केटिङमा मास्टर्स गरेका प्रदीपलाई नेपाली चलचित्र क्षेत्रमा धेरै पढ्ने अभिनेताको रुपमा पनि चिनिन्छ ।

निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेनको फिल्म प्रेमगीत बाट चर्चामा आएका उनको फिल्म लिलिबिली, रोज, लभ स्टेशन पनि दर्शकले निकै रुचाए ।

अब उनको फिल्म प्रेमगीत ३ प्रदर्शनमा आउँदेछ । उनी अब छिट्टै नै फिल्म प्रकाश मा व्यस्त हुँदैछन् । पछिल्लो समउ उनी नेपाली फिल्मका महंगा अभिनेतामा पनि गनिन्छन् ।


Last Updated on: March 10th, 2021 at 12:44 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया