सोमबार १३ मंसिर २०७८

हामीले खाएको खाना पचाउनका लागि पेटमा एसिड बन्न थाल्छ । यदि अस्वस्थकर खाना खाएमा पेटमा आवश्यकभन्दा बढी एसिड बन्न जान्छ । कुनै समय बढी खाने, भोकै रहने, फास्टफुड र मसालेदार खानाले पनि एसिडिटी बढाउने गर्छ ।

यदि तपाईलाई निद्रा लाग्दैन भने जाइफल दुधसँग मिसाएर खाँदा निद्रा लाग्छ । तपाईको हातगोडा र जीउ दुखेको छ भने जाइफललाई पानीमा पकाएर मह मिसाई खाएमा ठिक हुन्छ ।

एसिडिटीको समस्याबाट बच्न तुलसीको पाउडर, अजाइनोको सुप र दालचिनीलाई एक कप बटर मिल्कमा मिसाएर खान सकिन्छ । यस्तो मिश्रण बिहान र बेलुकी एक–एक कप प्रयोग गर्दा हुन्छ । यसले कब्जियत, ग्यास्ट्रिक र अपचको समस्याबाट पनि बचाउने काम गर्छ ।नयाँ पत्रिकामा खबर छ ।

अदुवाको रसमा मह मिलाएर पिउँदा पनि एसिडिटीको समस्याबाट मुक्त हुन सकिन्छ । तपाईंमा एसिडिटी छ भने एलोभेराको जुस औषधि बन्न सक्छ । पुदिनाको पातलाई उमालेर पिउँदा एसिडिटीको समस्याबाट जोगिन सकिन्छ । मनतातो पानीमा कागतीको रस मिलाएर प्रयोग गर्दा पनि यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

एसिडिटीबाट बच्न एक गिलास पानीमा एक चम्चा मिठा सोडा मिलाएर बिस्तारै पिउन सक्नुहुन्छ । पानीमा कागतीको रस र मह मिलाएर पिउँदा पनि यस्तो समस्याबाट बच्न सकिन्छ ।

एक गिलास मनतातो पानीमा थोरै कालो खुर्सानीको धुलो र कागतीको रस मिसाएर पिएमा पनि एसिडिटीबाट बच्न सकिन्छ । एसिडिटीबाट बच्न जाइफलको धुलोलाई पानीमा मिलाएर पिउन पनि सक्नुहुन्छ ।


Last Updated on: March 10th, 2021 at 6:58 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया