बिहिबार १० आषाढ २०७८

काठमाण्डौ । पुजा विश्वकर्मा यिनी दुई नामले चिनिन्छिन् । एक समाजसेवी त अर्को विनयजंग बस्नेतकी हुनेवाला श्रीमतीको रुपमा । समाजसेवी भन्दा पनि पछिल्लो समय पुजा विनयजंगसंगको विबाहको विषयमा अलि बढी नै चर्चा रहेकी छन् । विनयजंगले परिवार सामू नै प्रस्ताव राखेको हुनाले उनीसंग विबाहकोलागी परिवारबाटै स्वीकृति पाएको भन्दै पुजाले खुलेरै विनयजंगसंगको विबाहको विषयमा विभिन्न अन्तरवार्तामा बोलेकी छिन् ।

तिनै पुजा विश्कर्मा पछिल्लो समय एउटा अर्को काण्डमा चर्चित बनेकी छन् । त्यो काण्ड हो, पानी बेचेर आफ्नो जाहो गरिरहेकी सानी नानी अर्चनाको २० हजार खाएर भाग्दै हिंडेकी छन् भन्ने । यो कत्तिको साँचो हो त्यो पुजाले नै भनेपछि थाहा होला तर यतिबेला भने उनले ती सानी नानीलाई कार्यक्रम ईन्द्रेणीद्धारा सहयोग स्वरुप दिईएको २० हजार खाएर भागेको भन्दै चौतर्फि समाचार बनाएर भाइरल गरिएको छ । ती नानीको उक्त रकम असुल्नकोलागी पुजासंगै काम गर्दै आएकी सर्मिला वाईवाले अर्चनालाई आफैसंग पुजाको घरमा लगेर जाँदा पुजा भने घरमा भेटिनन् ।

उनीहरु पुजाको घरमा जाँदा उनको घरमा ताला लगाईएको थियो । त्यो देखेपछि आफुलाई समाजसेवी भन्ने सर्मिला वाईवाले फोन मार्फत पुजालाई भेट्न उनको घरमा जाँदा ताला लगाएर भागेको भन्ने कुरा लाउड स्पिकरमा सुनाएर मिडियाबाटै सार्वजनिक गरेकी छन् । सर्मिलाको यस्तो व्यवहारप्रति उनलाई सामाजिक सञ्जालमा धेरैले विरोध गरेका छन् । सोशल मिडियाका प्राय सबैले सर्मिलाले दादागीरी देखाएको भनेर प्रतिकृया दिएका छन् । लेखा मगरले त सर्मिला पहिलाको सुन चोर नै भनेर कमेन्ट बक्समा कमेन्ट समेत गरेका छन् । भिडियोसहित


Last Updated on: January 14th, 2021 at 10:55 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३७० पटक हेरिएको

तपाईको प्रतिक्रिया