मंगलबार १४ मंसिर २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच गोप्य भेटवार्ता भएको अनुमान गरिएको छ ।

एक साता अघि सरकारसँग तीन बुँदे सहमति गरे विप्लव खुला राजनीतिमा आएका थिए । उनी सार्वजनिक हुनु अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई भेटेर गत बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममार्फत उनी खुला राजनीतिमा आए भने विप्लवको नेकपामाथि लगाएको प्रतिबन्ध सरकारलाई हटाएको थियो ।

यसपश्चात विप्लवले केही दलका नेताहरुसँग भेटवार्ता गरे । यसक्रममा विप्लवले गृहमन्त्री रामबहादुर थापा बादल, मोहन वैद्य, सिपी गजुरेल, कृष्णबहादुर महरा, ऋषि कट्टेल र आहुतिसँग पनि भेटवार्ता गरे । यसपछि नायिका रेखा थापासँग पनि भेटवार्ता गरे ।

विप्लवले राजनीतिक भेटवार्तालाई तिव्रता दिइरहेका बेला मंगलबार साँझ महाराजगञ्जस्थित साम्बाला होटेलमा प्रचण्डको एक व्यक्तिसँग गोप्य भेटवार्ता भएको थियो । धेरैले साम्बाला होटेलमा प्रचण्डको भेट विप्लवसँग भएको अनुमान गरेका छन् । यद्यपि यसको स्वतन्त्र रुपमा पुष्टि भने भइसकेको छैन ।

पूर्वमाओवादीका नेताहरुलाई भेटिरहेका विप्लवले सो होटेलमा प्रचण्डसँग भेटेको हुन सक्ने अनुमान धेरैले गरिरहेका छन् । तर, सो भेटबारे दुवै पक्षबाट हालसम्म कुनै धारणा सार्वजनिक भइसकेको छैन ।

प्रचण्डको सो होटेलमा गोप्य भेटवार्ता भएको भन्ने समाचार बुधबार बिहानैबाट आइरहे पनि यसबारे उनको सचिवालय हालसम्म कुनै धारणा सार्वजनिक नगर्दा रहस्यमय बनाएको छ । यही बेला बुधबार दिउँसोबाट प्रचण्डको सो भेटमा विप्लवसँग भएको अनुमान गरिएपछि झनै रहस्यमय बनाएको छ ।


Last Updated on: March 10th, 2021 at 8:53 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया