आइतबार १९ मंसिर २०७८

एउटा सानो खरको झुपडी ,झुपडिमा अनेकौ संघर्षबाट हुर्किएको बिरुवा ठूलो भएर फल खानै लाग्दा भित्रभित्रै जरोमा धमिरा लाग्दै गर्दा सबै आशाको दियो निभेजस्तै हुदैछ यी आमाको जिन्दगी ।

जवानि चढ्दै गरेको छोरा अब त कमाउला परिवारलाइ खुसि बनाउला भन्ने आश गर्दै जादा छोरो ठूलो रोगको समस्यामा पर्छ ।अनि उपचार गर्ने पैसानै हुदैन् ।

बिहान बेलुका खाने खर्च समेत नभएको यो परिवारमा आज यस्तो रोगको उपचार कसरी गराउने ।गाउभरि माग्न जादा पनि पैसानै उठ्दैन झन उपचार त कसरी नै सम्भव हुदो हो र।जहाँ देखाएपनि टाउकोमा जुका छ भनेपनि आफ्नो आय स्तर बिल्कुलै न्यून भएको हुदा थप उपचार गर्ननै नसकेको आमा बताउनुहुन्छ ।

छोरोको यो दयनिय अवस्था देखेर आमा रुदैछिन् आफ्नो छोरोलाई बचाइदिनु भन्दै आमा बिन्ति बिसाउदै आशुका ढिक्का ढिक्का झारेको देख्दा हामी पनि एकदमै भावुक भयौ ।

थप हेर्नुस् भिडियो सामाग्री:


Last Updated on: March 10th, 2021 at 9:48 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया