सोमबार १३ मंसिर २०७८

जवानी मै कपाल झर्ने समस्या धेरैको टाउको दुखाइको बिषय बनिरहेको हुन्छ । धेरैले मँहगो स्याम्पु र उपचार गरिरहेका हुन्छन् । तर हामीले घरेलु बिधिबाट नै यो समस्याको समाधान गर्न सकिन्छ । हामी घरेलु उपचार गरेर आफ्नो कपाललाई सुन्दर बनाउन सक्छौं र यो धेरै कालो र चमकदार हुनेछ।

मेथी साँच्चिकै अद्धभुत मसला हो जसले हाम्रो खानालाई स्वादिष्ट बनाउँदछ, र यो धेरै प्रकारका मसलाहरूमा प्रयोग गरिन्छ, जुन कुनै चीज स्वादिष्ट बनाउनका लागि धेरै महत्त्वपूर्ण हुन्छ। यही मेथिको दाना कपालमा उपयोग गर्नु सर्वप्रथम मेथीलाई २ घण्टासम्म पानीमा भिजाएपछि भिजाएको मेथी र पानीलाई अलग अलग छानेर छुट्याउनुहोस् ।

अब यो पानीलाई उपयोग गर्नका लागी त्यस पानीलाई कपालमा लगाउनुहोस् । राम्रोको लागी मेथी पानीलाई रातिमा लगाएर सुत्नुहोस् र बिहान उठेर राम्रोसाग धुनुहोस् । त्यसपछि मेथी पीसेर पाउडर बनाउँनुहोस् र नरिवलको दुधमा राम्रोसँग फेट्नुहोस् । त्यसपछि यसलाई आधा घण्टासम्म कपालमा लगाउनुहोस् र चिसो पानी प्रयोग गरी स्याम्पुले धुनुहोस्।

अब यसरी तयार भएको पेस्टलाई जुन जुन ठाउँबाट धेरै कपाल झर्ने समस्या आइपरेको छ त्यस ठाउँमा यो पेस्ट लगाउनुहोस् र १० /१५ मिनेटसम्म छोड्दिनुहोस् र समय पुरा भइसकेपछि पानीले धुनुहोस् । यो तपाईको झर्ने कपालको लागी एकदमै फाइदाजनक छ । तपाईहरुले यसलाई एक महिना वा हप्तामा २ / ३ चोटी उपयोग गर्नसक्नुहुनेछ । यसको प्रयोग राम्ररी गरेमा कपाललाई अति सुन्दर र कपाल झर्नबाट बचाउँछ ।

काठेखोलाको केन्द्र जोड्ने सडक कालोपत्र

पुष्पलाल (मध्यपहाडी) राजमार्गबाट काठेखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । राजमार्गको बागलुङ खण्डअन्तर्गत अक्षेतेबाट गाउँपालिकाको प्रशासनिक केन्द्र जोड्ने सडक कालेपत्र गर्न शुरु गरिएको छ । राजमार्गसमेत कालोपत्र गर्ने तयारीमा छ । राजमार्गको अक्षेते खण्डदेखि बिहूँ–सुल्डाँडा–लेखानी जोड्न मूल सडकको ९०० मिटर सडक कालोपत्र गर्न थालिएको काठेखोला गाउँपालिकाले जनाएको छ ।

गण्डकी प्रदेश सरकार पूर्वाधार कार्यालय बागलुङले नयाँ युग कन्सट्रक्शनलाई गत वर्षको फागुन ११ गते निर्माणको जिम्मेवारी दिएको थियो । एक वर्षमा सडकमा पूर्वाधार निर्माणको कार्य भइरहेको छ । चालू आर्थिक वर्षको फागुनभित्र निर्माण सकिनुपर्ने भए पनि चिसो मौसममा कालोपत्र कम्पनीका आधिकारिक प्रतिनिधि कुमार कार्कीले जानकारी दिनुभयो ।

उक्त सडकमा ग्याविन भर्ने, सडक चौडा गर्ने, ग्राभेल तथा सब–बेसको काम सकिएको र एक हप्ताभित्र कालोपत्रको काम थाल्ने उहाँको भनाइ छ । “मौसम अझै चिसो छ, चैत महिनामा कालोपत्र थालिनेछ”, कार्कीले भन्नुभयो, “अन्य पूर्वाधार निर्माण सम्पन्न भइसकेकाले कालोपत्र छोटो समयमै सम्पन्न गर्नेछाँै ।”

सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारले रु दुई करोड ३७ लाख ६९ हजारमा ठेक्का सम्झौता गरेको पूर्वाधार कार्यालय बागलुङका इन्जिनीयर श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । सो सडक साढे पाँच मिटर चौडा बनेको छ । मध्यपहाडी लोकमार्गको अक्षेते खण्डलाई जिरो किलोमिटर मानेर सुल्डाँडासम्मको करीब ९८२ मिटर सडक पहिलो चरणमा कालोपत्र हुनेछ । यो सडक कालोपत्र भएसँगै काठेखोला गाउँपालिकाको प्रमुख प्रशासनिक केन्द्र सुल्डाँडा कालोपत्र सडकले जोडिनेछ ।

ठेकेदार प्रतिनिधि कार्कीका अनुसार उक्त सडकमा १२० मिटर ढलान र बाँकी खण्डका कालोपत्र गरिनेछ । ढलानको काम सकिएको हुँदा कालोपत्रको काम तुरुन्त शुरु गर्ने उहाँले बताउनुभयो । कालोपत्र गर्ने सडकमा सधैँ चिसो हुने भएकाले चैत नलाई कालोपत्र नगर्न प्राविधिकले दिएको सुझावका आधारमा कालोपत्रको काम केही ढिला भएको हो । यो सडक काठेखोला गाउँपालिकाको वडा नं ७ रेश, ८ लेखानी तथा ५ र ६ को पश्चिम भेगको प्रवेशद्वार हो । निकै भिरालो र जीर्ण सडकमा पटकपटक दुर्घटनासमेत हुँदै आएको थियो ।

पुरानो सडक स्तरोन्नति नभएकाले काठेखोला गाउँपालिका र वडा कार्यालयको समन्वयमा बजेट विनियोजन गर्न पहल भएको थियो । हरेक वडा कार्यालयदेखि गाउँपालिका केन्द्र जोड्ने सडक कालोपत्र गर्ने गाउँपालिकाको योजनाको उक्त सडक सहयोगी बन्नेछ । अहिले गाउँपालिकाको केन्द्रबाट रेश वडा कार्यालय पुग्ने सडकको केही भाग कालोपत्र भइसकेको छ भने चार किलोमिटर सडकमा धमाधम पूर्वाधार निर्माण भइरहेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिनुभयो ।


Last Updated on: March 11th, 2021 at 8:23 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया