आइतबार १९ मंसिर २०७८

। बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीकी पत्नी आलियाले डिभोर्सको आवेदन फिर्ता लिएकी छन् । आलियाले गत वर्ष डिभोर्सका लागि आवेदन दिनुका साथै नवाजुद्दीन र उनको परिवारविरुद्ध थुप्रै आरोप पनि लगाएकी थिइन् ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करसँग कुरा गर्दै उनले डिभोर्सको आवेदन फिर्ता लिने फैसला गरेको बताइन् ।

आलियाले भनिन्,अहिलेसम्म मेरो र नवाजको सम्बन्ध उतारधढावमा गुज्रियो र यसभन्दा पहिले सम्बन्ध टुट्न लाग्यो । फेरि हामीले हाम्रो सम्बन्धलाई एक मौका दिने सोचेका छौंँ । एकपटक सम्बन्ध टुटेमा फेरि त्यसलाई जोड्न सजिलो छैन । तर म आफ्ना बालबच्चाको खुसीका लागि सबैकुरा गर्न सक्छु । मेरो लडाईँ यीनै बच्चाहरुका लागि सुरु भएको थियो । यिनीहरु मेरा जीवन हुन् । यदि म र नवाज साथमा रहेर बच्चाहरु खुसी हुन्छन् भने उनीहरुको खुसी नै मेरो खुसी ।

यस्तै उनले आफूले गत वर्षदेखि नवाजसँग भेट नगरेको भएपनि उनको नवाजको बच्चालाई लिएर फोनमा कुरा भइरहने पनि बताइन् । यस १ वर्षमा आफ्ना बच्चाहरुले नवाजलाई एकदमै धेरै ‘मीस’ गरेको पनि बताइन् । यस्तै आफूलाई कोरोना संक्रमण हुँदा नवाजले उनको एकदमै ख्याल राखेको पनि बताइन् । नवाजले बच्चाहरुका लागि आफ्नो बुबाको कर्तव्य राम्रोसँग निभाएको पनि उनको तर्क छ ।


Last Updated on: March 11th, 2021 at 3:56 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया