आइतबार १९ मंसिर २०७८

काठमाडौं, फागुन। डा. गोविन्द केसीले पुनः अनशन बस्ने चेतावनी दिएका छन् ।

काठमाडौं, २७ फागुन। डा. गोविन्द केसीले पुनः अनशन बस्ने चेतावनी दिएका छन् ।

डा.केसीले चिकित्सा शिक्षा ऐन विपरीत निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया नरोकिए फेरि अनशन बस्ने चेतावनी दिएका हुन्। उनले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै फेरि अनशन बस्ने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा डा. केसीले भनेका छन्, ‘सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षाआयोगको भइसकेको अवस्थामा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध हो ।’

पछिल्लो समय सरकारले चिकित्सा शिक्षा आयोगको आपत्तिका बाबजुद केयू र वीपी प्रतिष्ठानबीच कथित समझदारीपत्र गराएर सम्बन्धन दिलाउने कोशिस भइरहेको जनाइएको छ ।


Last Updated on: March 12th, 2021 at 8:07 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया