आइतबार १९ मंसिर २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरुबीच आज पनि भेटवार्ता हुने भएको छ । भेटवार्ता अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने बताइएको छ ।

बिहिबार भएको भेटवार्तामा जसपाले रेशम चौधरीको रिहाइ र आफूहरुको मागको सम्बोधन भएमा सत्ता सहकार्य गर्न सकिने बिषय राखेका थिए । सोही बिषयमा आज पनि बालुवाटारमा प्रधानमन्त्री ओली र जसपाका नेताहरुबीच छलफल हुनेछ ।

अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्यूँतिएसँगै प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनुपर्ने भएको छ ।

बहुमतबाट अल्पमतको सरकारमा झरेको ओली सरकारलाई विश्वासको मत ल्याएर आफ्नो आयू लम्ब्याउनुपर्ने बाध्यकारी अवस्था सृजना भएको छ । यस कारण जसपाको समर्थन लिन प्रधानमन्त्री ओली सक्रिय भएका हुन् ।


Last Updated on: March 12th, 2021 at 9:05 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया