आइतबार १९ मंसिर २०७८

तपाईं दिसापिसाब गर्न जाँदा मोबाइल फोन लिएर जानुहुन्छ ? हो भने आजैबाट यसो गर्न बन्द गरिहाल्नुुस् ।यस खराब बानीले तपाईंलाई अनेकथरी संक्रमणको शिकार बनाउन सक्छ । त्यति मात्र नभई गम्भीर स्वास्थ्य समस्या पनि तपाईंलाई आइलाग्न सक्छ ।पहिलापहिला केही मानिस शौचालयमा पत्रिका वा किताब पढ्ने गर्थे । आजकल उनीहरू स्मार्टफोन लिएर जान्छन् र त्यहाँँ घन्टौं बिताइदिन्छन् ।शौचालयमा अन्य ठाउँभन्दा बढी कीटाणु भेटिन्छन् । त्यहाँ धारा, ह्यान्ड ड्रायर र ढोकाको चुकुलमा सबभन्दा बढी कीटाणु हुन्छन् जसलाई हामी देख्न सक्दैनौं ।

त्यसैले शोचालयमा फोन लाँदा तपाईंलाई थाहै नभई फोनमा ब्याक्टेरिया पस्न सक्छ ।एन्नल्स अफ क्लिनिकल माइक्रोबायोलोजी यान्ड एन्टीमाइक्रोबायल्समा छापिएको एक अध्ययनअनुसार, शौचालयमा मोबाइल प्रयोग गर्ने मानिसमध्ये ९५ प्रतिशतमा संक्रमण गराउने ब्याक्टेरिया साल्मोनेला, ई–कोली र सी–डिफिसाइल भेटिएका थिए ।

अमेरिकाको एरिजोना विश्वविद्यालयका अनुसन्धाताहरूले गरेको अध्ययनमा देखिएअनुसार, स्मार्टफोनमा ट्वाइलेट सीटभन्दा १० गुणा बढी ब्याक्टेरिया पाइन्छ ।दिसा पखालेपछि हात त धोइन्छ र स्मार्टफोन सफा गर्न बिर्सिइन्छ । रोग उत्पन्न गर्ने कीटाणु र ब्याक्टेरिया फोनमा टाँसिइरहेका हुन्छन् र संक्रमणको कारण बन्छन् ।

शौचालयमा स्मार्टफोनको उपयोगले मलद्वारबाट रक्तश्राव हुने समस्या देखापर्न सक्छ । ट्वाइलेट बाउलमा लामो समय बस्दा गुदामा बढी जोड पर्छ अनि पीडा हुने, सुन्निने र रक्तश्राव हुने समस्या आइलाग्छ ।

शौचालय जाँदा फोन बाहिरै राखेर जानु उपयुक्त हुन्छ । लग्नैपर्ने भयो भने त्यसलाई स्यानिटाइजरले राम्ररी सफा गर्नुपर्छ ।अनि लामो समय शौचालयमा नबसेको राम्रो । विशेषज्ञहरूका अनुसार, मलत्याग गर्दा १० मिनेटभन्दा बढी बस्नुहुँदैन ।


Last Updated on: March 12th, 2021 at 10:28 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया