बिहिबार १० आषाढ २०७८

काठमाडौ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा मोटरसाइकल दु’र्घटना’ हुँदा एक जनाको मृ’त्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र।३–०२–०४ ७३२४ नम्बरको मोटरसाइकल र सोही दिशामा जाँदै गरेको वा ५३ प ९८६४ नम्बरको मोटरसाइकल एकापसमा ठो’कि’एर भएको दु’र्घट’नामा उदयपुर लिमचुङबुङ गाउँपालिका–१ घर भई हाल मध्यपुरथिमि –१ लोकन्थली बस्ने २२ वर्षीय मनराज राईको मृ’त्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घ’टनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँकी २४ वर्षीया मनिकला राईको केएमसी अस्पताल सिनामङ्गलमा उपचार भइरहेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

अर्का घाइते वा ५३प ९८६४ नम्बरका मोटरसाइकल चालक रौतहट गौर नगरपालिका– ८ घर भई हाल ललितपुर मङ्गलबजार बस्ने ४१ वर्षीय युवराज विक सामान्य उपचारपछि आजै घर फर्किएको प्रहरीको भनाइ छ । दु’र्घट’ना भएका सवारी साधनसहित महानगरीय प्रहरी वृत्त थिमिले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको गिरीले जानकारी दिनुभयो


Last Updated on: January 14th, 2021 at 5:49 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५० पटक हेरिएको

तपाईको प्रतिक्रिया