बिहिबार १० आषाढ २०७८

काठमाडौँ । ज्योतिष शास्त्रका अनुसार मानिसको रंगसँग गहिरो सम्बन्ध रहेको छ। रंगले हाम्रो भावनालाई दर्शाउँछ। कुनै रंग देख्दा हामीलाई रिस उठ्छ त कुनै रंग देख्दा मन मा शान्ति मिल्छ।

त्यस्तै कुनै रंगले मानिसलाई उत्तेजित गर्छ। ज्योतिष शास्त्रका अनुसार हरेक ग्रहको एक आफ्नै रंग हुन्छ जसले हाम्रो जीवनमा प्रभाव पार्छ। रंगको सहि प्रयोगले पनि ग्रहको अशुभ प्रभावबाट बच्न सकिन्छ।

यस्तोमा, हप्ताको हरेक दिन कुनै न कुनै रंगसँग सम्बन्धित छ। त्यसैले प्रत्यक दिन बार अनुसारको रंगको कपडा लगाउँदा निकै शुभ हुन्छ।

आइतबार
आइतबारलाई भगवान भैरव र सूर्य भगवानको दिन मानिन्छ र यस दिनको ग्रह स्वामी सूर्य ग्रह हो, जसलाई ग्रहहरूको राजा भनिन्छ। यस दिन गुलाबी, सुनौलो, सुन्तला, रातो रंगको लुगा लगाउँदा अनुहारको महिमा बढ्नुका साथै जीवनमा प्रतिष्ठा र सूर्य भगवानको असीम अनुग्रह प्राप्त हुन्छ। यो रंग ज्ञान, उर्जा, शक्ति, प्रेम र आनन्दको प्रतीक हो।

सोमबार
सोमबार भगवान शिवलाई समर्पित छ र यो दिन चन्द्रमासँग सम्बन्धित छ। यो दिन सेतो रंग वा लाइट कलरको लुगा लगाउनु निकै शुभ मानिन्छ। सेतो रंगले शान्ति, वित्रता र सरलता दर्शाउँछ। सोमबार यस रंगको प्रयोग गर्दा चन्द्रमाको कृपा रहिरहनुको साथै कुण्डलीमा चन्द्र दोष छ भने पनि दूर हुन्छ।


Last Updated on: January 14th, 2021 at 6:38 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया