मंगलबार १४ मंसिर २०७८

एजेन्सी– सलमान खानको सुपरहिट फिल्म ‘बजरंगी भाइजान’की मुन्नीलाई धेरैले मन पराए। बाल कलाकार हर्षाली मलहोत्राको अभिनयको पनि खुबै प्रशंसा भयो।

सन् २०१५ मा उक्त फिल्म रिलिज हुँदा हर्षाली केबल ७ वर्षकी थिइन्। हर्षालीका धेरै प्रशंसक छन्। कबिर खान निर्देशित फिल्मबाटै हर्षालीले सर्वश्रेष्ठ डेब्यु अभिनेत्रीको अवार्ड जितेकी थिइन्।

उनैमुन्नी अहिले १३ वर्षकी भइसकिन्। उनी अहिले कस्ती भइन् भनेर धेरैलाई जिज्ञासा पनि हुन्छ। उनले पछिल्लो समय सामाजिक संजालाम सुन्दर तस्बिर शेयर गरिरहन्छन् । हर्षालीका सुन्दर तस्बिरमा फ्यानले सुन्दरता र क्युटनेसको प्रशंसा गर्दै प्रतिक्रिया दिइरहेका हुन्छन ।

उनलाई देखेर फ्यानहरू चकित परेका छन्। सानी मुन्नीलाई एकैपटक ठूली भइसकेपछि देखेका धेरैजनाले छक्क परेको प्रतिक्रिया इन्स्टाग्राममा दिएका हुन्छन्।

हर्षालीले बजरंगी भाइजान अघि केही विज्ञापन र सिरियलमा काम गरिसकेकी थिइन्। ठूलो पर्दामा भने उनले यही फिल्मबाट सुरूआत गरेकी हुन्। यो फिल्मका लागि हर्षाली ५ हजारभन्दा बढी बालिकामध्येबाट चुनिएकी थिइन्। एक अन्तर्वार्तामा फिल्मका कास्टिङ निर्देशक मुकेश छाब्राले भनेका थिए, ‘हर्षाली धेरै बच्चाहरूबाट मुन्नीको भूमिकाका लागि चुनिएकी हुन्। पहिले तीन जना बालिका सर्टलिस्ट गरिएको थियो। ७-१० दिनको वर्कशप पछि हर्षाली छनौट भइन्।’


Last Updated on: March 12th, 2021 at 9:33 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४३०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया