मंगलबार १४ मंसिर २०७८

यस वर्ष ओस्कार अवार्डमा मनोनीत हुनेहरूको घोषणा सेलिब्रेटी दम्पती प्रियङ्का चोपडा र निक जोनसले गर्ने भएका छन् । यस वर्षको मनोनयन ग्लोबल लाइभ स्क्रिनिङमार्फत् हुनेछ ।

इन्स्टाग्राममा एक भिडियो पोस्ट सेयर गर्दै प्रियङ्काले भनेकी छिन्, ‘हामी म र निक ओस्कारमा मनोनीत हुनेहरूको घोषणा गर्दैछौँ । हामीलाई लाइभ हेर्नुहोला ।’

१५ मार्च बिहान ५ बजेर १९ मिनेट (प्यासिफिक डे–लाइट टाइम) मा ओस्कार मनोनयन घोषणा गर्नका लागि आफू निकै उत्साहित रहेको र यसलाई युट्युबमा ओस्कारको आधिकारिक च्यानलमा गएर हेर्न उनले जानकारी दिएकी छन् ।

एकेडेमी अवार्डसको आधिकारिक ट्विटर ह्यान्डलले यस खबरलाई पुष्टि गरेको छ ।


Last Updated on: March 13th, 2021 at 8:36 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया