सोमबार ०७ आषाढ २०७८

काठमाडौँ । यस पृथ्वीमा जति पनि प्राणीहरुको जन्म भएको हुन्छ तिनीहरु मध्ये मानव मात्र एक यस्तो प्राणी हो जसले आफ्ना मनका भावनाहरुलाई विभिन्न तरिकाले खुलस्त रुपमा प्रकट गर्न सक्छ। तर जब उनीहरु ब्यक्त गर्दछन तब उनीहरुको प्रकट गर्ने तरिका पनि भिन्न हुन्छ।

भावना बयान गर्ने तरिका
हास्नु , रुनु, दुखि हुनु , खुसि हुनु आदि यी सबै भावनात्मक कुराहरु हुन्। तर जो मानिस सानातिना कुरालाई लिएर बेकारमा रुने गर्छ त्यस्ता मानिसलाई सम्भवत कसैले पनि मन पराउदैनन। यो एकदम प्रयोगात्मक कुरा पनि हो। हामी सबैमा भावना हुन्छ यो एक सामान्य कुरा हो कसैले यसलाई सामान्य तरिकाले डिल गर्ने प्रयत्न गर्छन त कसैले यसलाई बयान गर्न अनेकौं तरिका अपनाउने गर्छन।
मनोवैज्ञानिक दृष्टि
यदि यो कुरालाई मनोबैज्ञानिक दृष्टिले हेर्ने हो भने स -साना कुरामा रुने मानिसलाई अन्य मानिसको तुलनामा फरक मान्ने गरिन्छ। उनीहरुका अनुसार धेरै रुनु स्वास्थ्यका लागि उत्तम मानिन्छ। धेरै रुने मानिसमा बिशेष गुण समेत हुने गर्छ। त्यसैले रुन मन लागेको बेलामा धित मर्ने गरि रुनुहोस , यी समस्याबाट सजिलै फुत्किन सकिन्छ।


Last Updated on: January 14th, 2021 at 7:18 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१०१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया