शनिबार ११ मंसिर २०७८

२९ फागुन, एक महिलाले अरुको घरमा भर्खरै डेलिभरी गरिएको पार्सल चोरेर भाग्ने क्रममा उनको कपडाले धोका दिएपछि उनको नाङ्गो भिडियो क्यामेरामा रेकर्ड भएको छ ।

ती महिलाले दौडिँदै आएर पार्सल उठाउने क्रममा उनले शरीरको माथिल्लो भागमा लगाएको टप खस्यो र उनी नाङ्गै भइन् । घरधनीले ढोकामा जडान गरेको ‘डोरबेल क्यामेरा’मा ती चोरका गतिविधि रेकर्ड भएको छ ।

द सनको रिपोर्टअनुसार चोरीको यो घटना अमेरिकाको टेक्सास राज्यको हस्टनमा भएको हो । महिला दौडिँदै आएर भर्खरै डेलिभरी गरिएको पार्सल टिपेर भागेको भिडियोमा रेकर्ड भएको छ ।

ती महिलाले पार्सल उठाउने क्रममा कपडाले ठाउँ छोडेपछि उनका स्तन बाहिर निस्किएका थिए । महिलाले पार्सल टिपेर केही पर पार्क गरिएको गाडी चढेर भागेकी छिन् ।

पुलिसले ती महिलाको खोजी गरिरहेको बताएको छ ।


Last Updated on: March 13th, 2021 at 1:10 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया