मंगलबार १४ मंसिर २०७८

प्राय अदुवा हालेको चिया लोकप्रिय छ । चिसो मौसममा धेरैजसो मानिसहरु अदुवा हालेको चिया पिउन मन पराउँछन् । तर अत्यधिक अदुवा हालेको चिया पिउँदा स्वास्थ्यका लागि नोक्सान पनि पुर्याउँन सक्छ । यस्ता छन् यसका असर।

पखाला लाग्ने खतरा :
अदुवा हालेको चिया अत्यधिक पिउँदा पखाला लाग्ने खतरा बढ्छ । अदुवाले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ र बेचैनी पैदा गराउँछ ।

उच्च रक्तचाप भएकालाई समस्या :
जो व्यक्तिमा उच्च रक्तचापको समस्या छ त्यस्ता व्यक्तिहरुले अदुवा हालेको चिया पिउनु फाइदाजनक हुन्छ । तर जो व्यक्तिको रक्तचाप सामान्य छ ती व्यक्तिका लागि अदुवा हालेको चियाले खासै फाइदा पुर्याउँदैन । यसको सेवनले चक्कर लाग्ने र कमजोरी हुने गर्छ ।

कपाल झर्ने समस्या :
अत्यधिक अदुवा हालेको चिया पिउँदा कपाल झर्ने समस्या पैदा हुन्छ । अदुवामा हुने जिन्जरोल नामक तत्वले कपाल बढ्न रोक्न सक्छ ।

शरीरमा जलन उत्पन्न :
अदुवा हालेको चिया पिउँदा शरीरमा जलन उत्पन्न हुन्छ । अदुवामा हुने जिन्जरोलले पेटमा धेरै एसिड पैदा गर्छ र जलन पैदा हुन्छ ।

निन्द्रामा समस्या :
अदुवाको चियाले निन्द्रामा समस्या उत्पन्न हुन्छ । अदुवा हालेको चिया सुत्नुअघि पिउनु हुँदैन ।


Last Updated on: March 13th, 2021 at 2:51 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया