मंगलबार १४ मंसिर २०७८

काठमाडौँ — अभिनेत्री निरुता सिंहले नेपाली फिल्मबाट ‘ब्रेक’ लिएको १३ वर्ष भइसक्यो । लामो समय फिल्म क्षेत्रमा सफल रहेकी निरुता आक्कल-झुक्कल पर्दामा देखा पर्छिन् ।

पछिल्लो समय मह संचारले बनाएको फिल्म ‘दालभात तरकारी’मा अभिनय गरेकी उनी अनमोल केसीको ‘क्याप्टेन’ मा पनि देखिएकी थिइन् । हाल भारतको मुम्बई बस्ने निरुतासँग फिल्मबाट ब्रेक तथा कमब्याकको तयारीलगायतका विषयमा रीना मोक्तानले गरेको कुराकानी :
लकडाउन कस्तो बित्यो ?

अचानक घोषणा भएको लकडाउनले ‘एन्जाइटी’ भयो । अपार्टमेन्टमा म एक्लै । एकदमै आत्तिएँ । काम गर्ने दिदी आउन बन्द भयो । आफैं सामान लिन जाने आफैंले पकाउनु पर्ने भयो । लकडाउनको सुरुवातमा अलिअलि रुघा लागेको थियो । मौसम परिवर्तनले होला भन्ने भयो तर पछि खोकी थपियो । खोकी लगातार लागिरहन्थ्यो । डाक्टर साथीसँग सल्लाह लिएर औषधि लिएँ । त्यतिबेला बल्ल डेंगुबाट तंग्रिएको थिएँ । रुघाखोकीले थला पार्यो । टाउको बेस्सरी दुख्थ्यो, मर्ने खालको दुखाई । लकडाउनको तीन महिना यसरी बित्यो ।


Last Updated on: March 13th, 2021 at 3:41 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया