मंगलबार १४ मंसिर २०७८

एजेन्सी । इन्डियन आइडल १२ जज नेहा कक्कर र उनका पति रोहन प्रीत सिंह हालै एक विवाह समारोहमा उपस्थित भएका थिए । उनले आफ्नो हिट गीत ‘ला ला ला’ मा स्टेजमा प्रदर्शन गरेकी थिइन् । नेहाको प्रस्तुतिको आनन्द उठाउँदै रोहन प्रीत झुमिरहेका थिए ।

विवाहका भिडियोहरु विण्डु दरा सिंहले शेयर गरेका छन् । विशेष अवसरका लागि नेहा कालो रफल साडीमा अत्यन्तै सुन्दर देखिएकी थिइन भने रोहन प्रीत बैजनी मखमली सुटमा देखिएका थिए । यी दम्पत्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।


Last Updated on: March 14th, 2021 at 8:55 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया