शनिबार ११ मंसिर २०७८

एजेन्सी । बन्दा किन्न गएकी महिला करोडपति बनेर फर्किएकी छिन् । घटना हो अमेरिकाको । अमेरिकाको मेरिल्याण्डमा बस्ने वनिरस्सा नामकी एक महिला बन्दाका कारण करोडति बनेकी छिन् । बन्दा किन्न बाबुको आग्रहमा गएकी ति युवतीले बन्दा किन्नु अघि उक पसलमा गएर चिट्ठा किनिन् त्यही चिट्ठाले उनलाई लखपति नभई करोडपति बनाइदियो । अन्तराष्ट्रिय मासचार स्रोतहरुका अनुसार त्यहाँ उनले एउटा चिट्ठा काटिन् र त्यसपछि बन्दा पनि किनेर घर फर्किन् ।

जब घर आएर लटरी टिकट स्क्रयाच गरिन्, तब उनी हेरेको हेर्यै भइन् । वास्तवमा उनी निकै नै भाग्यमानी सावित भइन् । उनको चिट्ठामा २ लाख २५ हजार डलर परेपछि त्यो खुशी वनिरसमा मात्र सिमित रहेन । डिज्नी वल्र्ड घुम्ने सपना पूरा गर्नमा त्यो पैसा खर्च गर्न चाहान्छिन् । र त्यसबाट बचेको पैसा उनले बुढेसकालको समयलाई संचित गरेर राख्ने उदेश्य रहेको एक अन्तरवार्ताका क्रममा बताएकी छिन् ।

यो पनि पढ्नुहोस्:सम्पदा क्षेत्र निर्माण गर्दा नेपाली शैली र मौलिकता अपनाइने-वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशका विभिन्न जिल्लामा सडक यातायात, सिँचाइ, तालतलैया, सम्पदा, र राजकुलो निमार्णका लागि प्रदेश सरकारले नेपालीशैली र मौलिकतालाई अवलम्बन गर्नु निर्देशित दिइएको बताउनुभएको छ ।

वाग्मती प्रादेशिक एवंं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमका लागि प्रदेशका विभिन्न जिल्लाका जनप्रतिनिधि र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बरालबीच भएको सम्झौताको हस्तान्तरण समारोहमा आज उहाँले प्रदेश राजधानी हेटौँडालगायत काठमाडाँै उपत्यकाका ढुङ्गेधाराको पुनर्निमाण, सडकलाई कालोपत्र गर्ने र तुइनलाई विस्थापित गर्ने कार्यमा सरकारले उच्च प्रथामिक्ता दिई कार्य गरेको उल्लेख गर्नुभयो ।

उहाँले आफ्नो मन्त्रालयले तीन वर्षको अवधिभित्र प्रदेशका १३ जिल्लामा ८९० किलोमिटर सडक निर्माण, ४०५ किमि सडकमा ग्राभेलिङ र २१९ किमि सडकमा कालोपत्र गर्ने कार्य समपन्न गरेको पनि स्पष्ट पार्नुभयो । मन्त्री फुयाँलले प्रदेशका विभिन्न जिल्लामा अहिलेसम्म गरी ३३ वटा पक्की पुलको निर्माण सम्पन्न गरिसकिएको र अहिले काठमाडौँ उपत्यका, मकवानपुरको थाहा नगरपालिका र ललितपुर, नुवाकोटमा समेत गरी २४ वटा राजकुलोको निर्माणकार्यलाई तीव्रता ल्याइएको बताउनुभयो ।

उहाँले सडक यातायात, झोलुङ्गे पुल, तालतलैया, सिँचाइको निर्माण गर्ने क्रममा दिगो र जीवन्त राख्न सकिने र गुणस्तरीय सेवा निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधन र प्राविधिक जनशतिm उपलब्ध गराइसकिएको उल्लेख गर्नुभयो । मन्त्री फुयाँलले प्रदेश राजधानी हेटाँैडाअन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गको चुरियामाई मन्दिर नजिक ऐतिहासिक १०४ वर्ष पुरानो २०० मिटर सुरुङमार्ग निर्माणका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्रको सूचना आह्वान गरिसकिएको र छिट्टै निर्माण शुरु गरिने बताउनुभयो । उहाँले मकवानपुरको थाहा नगरपालिकाको दामन, पालुङ, चित्लाङमा गरी ऐतिहासिक ११ र उपत्यकाको तीन गरी १४ वटा ढुङ्गेधाराको निर्माणलाई प्रदेश सरकारले तीव्रता दिइरहेको बताउनुभयो ।

समझौता हस्तान्तरण कार्यक्रममा वाग्मती प्रदेश प्रादेशिक एवंं स्थानीय सडक निर्माण र सुधार कार्यक्रमका प्रमुख अधिकृत मोहन चापागार्इंले प्रदेशका विभिन्न जिल्लाबाट सडक र झोलुङ्गे निर्माणका लागि माग भई आएका ६० वटा निवेदनमाथि एक हप्ताभित्र छानबिन गरी पहिलो चरणमा ठाउँ तोकिने र
बोलपत्र आह्वान गर्न गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्:घरघरमा खानेपानीका धारा-कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–७ पिलीको बस्तीलाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको छ । पिलीलाई कर्णाली प्रदेशकै दोस्रो सुरक्षित खानेपानी वडा घोषणा गरिएको छ । ‘फनबोर्ड’, ‘युनिसेफ’ र नगरपालिकाको सहयोग तथा मानवअधिकार तथा वातावरण विकास केन्द्र ‘हुरेन्डेक’ कालीकोटको प्राविधिक सहयोगमा पिलीका दुईवटा खानेपानी योजना सम्पन्न भएपछि बस्तीमा सुरक्षित खानेपानी आपूर्ति हुँदै आएकाले सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो ।

सुरक्षित खानेपानीयुक्त घोषणा भएको यो वडा कर्णाली प्रदेशको दोस्रो वडा हो । यसभन्दा अघि सुर्खेतको सिम्ता गाउँपालिकाको एउटा वडालाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको थियो ।

‘मेजरपाखा खानेपानी आयोजना’ र ‘भेराखोला खानेपानी आयोजना’ सम्पन्न भएपश्चात पिलीका १७५ घरधुरीमा सुरक्षित मिटरसहितका खानेपानीका धारा, जडान गरिएको खाँडाचक्र नगरपालिकाले जनाएको छ । पिलीका बासिन्दाले खानेपानीको अभाव झेल्नु नपर्ने वडाध्यक्ष रजबहादुर मल्लले बताउनुभयो । “धेरै चुनौतीबीच सुरक्षित पानी प्राप्त गर्ने अवस्था आएको छ”, उहाँले भन्नुभयो, “खानेपानीको समस्या भएको ठाउँमा सुरक्षित तरिकाले स्थानीयवासीलाई खानेपानी पु¥याउनु ठूलो उपलब्धि हो ।”

स्थानीय सरकार र लगानीकर्ताको मनदेखिको सहकार्यले खानेपानीको समस्या हल गरिएको नगर प्रमुख जसीप्रसाद पाण्डेले बताउनुभयो । “दुईवटा खानेपानीका आयोजना सम्पन्न गर्न रु ७१ लाख ५० हजार खर्च भएको छ”, उहाँले भन्नुभयो, “यसअघि पिलीमा एक घण्टा टाढाबाट खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको थियो ।” गाउँमा खानेपानीको समस्या हुँदा टाढाबाट बोकेर ल्याउनुपर्ने बाध्यता अहिले हटेको र घरघरमै धाराको पानी प्रयोग गर्न पाएको स्थानीयवासी रामबहादुर कार्कीले बताउनुभयो ।


Last Updated on: March 14th, 2021 at 8:08 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया