आइतबार १९ मंसिर २०७८

एजेन्सी । सन् २००४ मा क्यानडाकी ८४ वर्षकी म्यारी ग्राम्सको हराएको हिराको औँठी १३ वर्षपछि भेटिएको छ । १३ वर्ष अगाडी म्यारी ग्राम्सको औठी १३ वर्षपछि उनकै करेसामा फेला परेको छ । ग्राम्सकी बुहारी कोलिन डेलीले सोमबार बारीमा लगाएको गाजर निकाल्दा, गाजरसँगै उनकी सासुको हराएको हिराको औँठी पनि फेला पर्यो । ८४ वर्षकी म्यारी ग्राम्सको हराएको हिराको औँठी गाजरले लगाएर आएपछि त्यसअघिको रहस्य खुल्यो ।

हराएको कुरा आफ्ना छोरालाई बाहेक अर्को ब्यक्ति श्रीमान्लाई समेत थाहा दिएकी थिइनन् । त्यसपछि छोरा ग्राम्सले आमालाई फोन गरेर १३ वर्षअघि हराएको औँठी भेट्टिएको बताए । ग्राम्सका श्रीमानको पाँच वर्षअघि निधन भएको थियो । अब आफूले औँठीको जतन गर्ने ग्राम्सले बताएकी छन् ।


Last Updated on: March 14th, 2021 at 8:47 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया