आइतबार १९ मंसिर २०७८

काठमाडौ । आफ्नै श्रीमानले भारतमा लगेर बेचेको घटना सार्वजनिक भएको छ । श्रीमानसंग भारत गएकी उनलाई श्रीमानले नै बेचेर आए पछि उनी भागेर नेपाल आइपुगिन् । श्रीमानले भारतमा अरु पुरुषसंग सम्बन्ध राख्न समेत लगाएको महिलाले बताएकी छन् । धनगढीकी महिला अहिले भागेर नेपाल आएपछि घटनावारे जानकारी गराएकी छन् । छोरासंगै भारत गएकी महिललाई छोरासंगै बेचेको महिलाले बताएकी छन् । आफु बेचिएको उनले सोही दिन थाहा पाएको बताएकी छन ।विवाह गरेर घरमा गएपछि उनलाई घरमा पनि परिवारका सदस्यले निकै दुख दिने गरेका थिए ।

परिवारमा निकै दुख सहेकी उनलाई श्रीमानले भारतमा लिएर गएका थिए । भारतमा गएपछि उनलाई श्रीमानले रातीमा काममा जान पठाए । जसको घरमा काम गर्न गइन् उनले तँलाई तेरो श्रीमानले बेचेर नेपाल फर्किसक्यो भनेर सुनाएपछि थाहा पाएको बताइन् । अहिले उनी अस्वास्थ्य छन् । मुटुको विरामी उनी उपचार गराउन चाहन्छिन् । तर नेपाल आएपछि उनले आफुलाई न्याय दिन कसैले सहयोग नगरेको बताइन् ।


Last Updated on: March 14th, 2021 at 9:27 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया