शुक्रबार ०४ आषाढ २०७८

एजेन्सी– संसारमा धेरै चिजहरु अझै रहस्यकै गर्भमा छन् । आज हामी तपाईलाई एक अनौठो रहस्यका बारेमा जानकारी दिनेछौँ ।

भारतको वृन्दावनस्थित भगवान श्रीकृष्ण मन्दिरको बारेमा तपाइँलाई थाहा नहुन सक्छ । यो मन्दिर कुनै चमत्कारी भन्दा कम छैन । यो अनौठो मन्दिर निधिवनमा रहेको छ । यो मन्दिर आफैँ बन्द हुन्छ र आफैँ खुल्छ ####

मन्दिरमा बिहान प्रत्येक दिन पूजा तथा आरधना गरिन्छ । पुजारीका अनुसार मन्दिरमा हरेक बिहान भगवान श्रीकृष्ण शयन गर्न आउँछन् । त्यहाँ बिस्तारा पनि लगाइएको हुन्छ ।

बिस्तरामा गद्दा र तन्नाहरु बिच्छ्याईएको हुन्छ । बिहान जब मन्दिर खुल्छ तब त्यहाँ कोही सुत्न आएको भान हुन्छ । साथै मन्दिरमा हरेक दिन मक्खन र मिश्रीको प्रसाद बाँडिन्छ ।

त्यहाँ मान्यताका अनुसार तानसेनका गुरु सन्त हरिदासले आफ्नो भजनद्वारा राधा र श्रीकृष्णलाई साक्षात प्रकट गरेका थिए ।


Last Updated on: January 15th, 2021 at 7:26 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया