सोमबार १३ मंसिर २०७८

युवतीले यदी कसैलाई मन पराउँदैछिन् भने उनी आफ्नो हाउभाउ र व्यवहारमार्फत यसको संकेत दिन्छिन् । उनले त्यस्ता केही संकेत दिन्छिन्, जसबाट थाहा हुन्छन् कि उनले तपाईंलाई मन पराइरहेकी छिन् । खासमा त युवतीहरुलाई कसैले पनि पुरै तरिकाले जान्न सकेको छैन, तर केही त्यस्ता संकेत छन्, जसमार्फत तपाईले आफुलाई युवतीले मन पराएको कुरा जान्न सक्नुहुन्छ । कपाल मिलाउनु:
यदि युवतीले पटक–पटक आफ्नो हात कपालमा पु¥याउँछिन् । तपाईंलाई देखेपछि कपाल मिलाउँछिन् वा हातले लट्टा चलाउँछिन् भने पक्कै पनि उनलाई तपाई आकर्षक लागेको हुनुपर्छ । कुराले रिझाउने:
जो महिला केटासँग जिस्कने काममा निकै अघि हुन्छन्, उनीहरुले आफ्नो आवाजको पनि राम्रो प्रयोग गर्छन् । उनीहरुले आफ्नो आवाजलाई आकर्षक बनाउँछन् । स्पर्शको महसुस:
यदि कुनै जानेरै युवतीले तपाईंको हात वा काँधमा हात राख्छिन् भने यो सिधा संकेत हो कि उनले तपाईंलाई मन पराउँछिन् । मुस्कान:
जब युवतीले कसैलाई मन पराउँछन् वा जिस्कन्छन् तब ती व्यक्तिसामु पुग्दा उनको मुस्कान लुक्न सक्दैन । हरेक पटक तपाईंको अगाडि आउँदा उनको अनुहारमा आउने मुस्कानले नै सबैकुरा भन्छ । कपडा मिलाउनु:
यदी कोही युवतीले कसैलाई मन पराउँछन् भने उनलाई इम्प्रेस गर्न कुनै मौका गुमाउन चाहँदैनन् । यदि तपाईंसामु आउँदा उनले आफ्नो कपडा मिलाएजस्तो गर्छिन् भने उनले तपाईलाई मन पराउँछिन् । नजिक आउनु:
यदि कोही युवती कुराकानीका क्रममा युवकको नजिक आउँछिन् भने यसको मतलब उनी ती युवकलाई मन पराउँछिन् भन्ने हो । आँखाको भाषा:
जब महिलाहरुले कसैलाई जिस्क्याउँछन्, तब उनीहरुको आँखाले पनि धेरै कुरा बोलिरहेको हुन्छ । यदि कुरा गर्दा गर्दै केही समय नजर मिलाएपछि उनले आफ्नो आँखा झुकाउँछिन् भने तपाईका लागि उनको मनमा केही खास छ भन्ने सम्झनुस् ।


Last Updated on: March 15th, 2021 at 10:26 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया