आइतबार १९ मंसिर २०७८

बौद्धबाट प्रहरीले बरामद गरेको खानीजन्य पदार्थमा प्रशोधनअघिको युरेनियमका कण रहेको पुष्टि भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा गरिएको वैज्ञानिक परीक्षणमा युरेनियम–२३८ सँग मिल्दोजुल्दो कण भेटिएको हो ।

प्रहरीले बिहीबार काठमाडौंको बौद्ध/टुसाल क्षेत्रबाट २ केजी ९ सय ग्राम खानीजन्य पदार्थ बरामद गरेको थियो । युरेनियमको अवैध कारोबारको गोप्य सूचनाका आधारमा प्रहरीले रामेछापका नारायणसिंह तामाङ, सोही ठाउँ घर भई बौद्धमा बस्दै आएकी जानुका तामाङ, रामेछापकै प्रकाश चौहान र सिन्धुलीका मनोज न्यौपानेलाई पक्राउ गरेको थियो ।

नास्टका मुख्य वैज्ञानिक सहायक विपिन रिजालका अनुसार प्रहरीले बरामद गरेको वस्तु ‘गामा स्पेक्ट्रोसकोपी’ विधिबाट परीक्षण गरिएको थियो । यसमा ‘सोडियम आयोडाइड’ डिटेक्टरमार्फत परीक्षण गरिन्छ । ‘यो टेस्टमा हामीले २ वाट डटर न्युक्लिआईको गामा इनर्जी हेरेका थियौं, प्रहरीले दिएको स्याम्पलमा ६७ सय वटा बक्वेरल युनिट पर किलोग्राम एक्टिभिटी आएको पायौं,’ रिजालले कान्तिपुरसँग भने, ‘यसअघि काठमाडौंका विभिन्न ३० ठाउँबाट ९० वटा माटो स्याम्पल टेस्ट गरेर यू–२३८ हेर्दा त्यहाँ ३२ देखि १११ सम्म बक्वेरल पर किलोग्राम एक्टिभिटी फेला परेको थियो ।’

प्रहरीले स्याम्पल टेस्टका लागि पहिलो पटक ९० ग्राम दिएको थियो । १० ग्रामजति राखेर नास्टले बाँकी फिर्ता गरेको थियो । कारोबारी पक्राउपछि भने थप ४५ ग्राम परीक्षणका लागि नास्टमा दिइएको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले उक्त पदार्थमा युरेनियम–२३८ का कण देखिएको रिपोर्ट नास्टबाट प्राप्त भएको बताए ।


Last Updated on: March 16th, 2021 at 7:13 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया