मंगलबार १४ मंसिर २०७८

कास्की, ३ चैत । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दु र्घटनामा परी नेपाली सेनाका एक जवानको मृ त्यु भएको छ ।
सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दु र्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पु¥याएकामा उपचारका क्रममा साँझ ४ः४५ बजे नि धन भएको हो ।

उहाँ सेनाको कालीजङ्ग गणमा कार्यरत रहनुभएको बताइन्छ । मृ तकको श व सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ । -रासस


Last Updated on: March 16th, 2021 at 12:50 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया