सोमबार ०७ आषाढ २०७८

पहिलेको जमानामा माटोको भाँडोमा खाना पकाइन्थ्यो तर आजकल जमाना बदलिँदै जाँदा मानिसहरू नयाँ भाँडाकुँडामा खाना पकाउन थालेका छन् ।

खाना पकाउनका लागि पीतल, काँस, चाँदी, फलाम, आलुमिनियम, स्टील र ननस्टिक कूकवेयरको उपयोग हुन्छ । यी सबै भाँडामा खाना पकाउनुका आआफ्नै फाइदा र नोक्सानी छन् तर आलुमिनियममा खाना पकाएर खानु चाहिँ स्वास्थ्यमा खेलवाड गर्नु नै हो ।

तर अचम्मको कुरा चाहिँ आलुमिनियम नै आजभोलि भान्सामा अत्यधिक उपयोग हुन्छ । यो दुई कारणले हुन्छ स् पहिलो, यसमा खाना छिट्टो पाक्छ र दोस्रो, यो अरू भाँडोभन्दा सस्तो हुन्छ । तर सस्तो खोज्ने नाममा स्वास्थ्यसँग सम्झौता गर्नु ठीक होला त ?

आलुमिनियमको भाँडोमा पकाएको खानाको स्वाद र रंग दुवै बदलिन्छ किनकि चारदेखि पाँच मिलिग्राम आलुमिनियमको मात्रा प्रत्येक दिन हाम्रो भोजनमा पर्छ र त्यसले भोजनको प्राकृतिक पोषणलाई नष्ट गर्छ ।

अझ महत्त्वपूर्ण त, यो धातुलाई हाम्रो शरीरले निकाल्न पनि सक्दैन र अलि अलि गर्र्दै हाम्रो शरीरमा जम्मा हुन थाल्छ । यसले स्लो पोइजनको काम गर्छ ।

आलुमिनियम बक्साइटबाट बन्छ । शरीरका अन्य विषाक्त पदार्थ मलमूत्रद्वारा शरीरबाट निस्केपनि आलुमिनियमको कण चाहिँ शरीरबाट निस्कँदैन । यो त पेटमा जम्मा भएर शरीरको कार्यप्रणालीलाई बिगार्न थाल्छ ।


Last Updated on: January 15th, 2021 at 12:40 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया