मंगलबार १४ मंसिर २०७८

हामी सबैलाई थाहा छ कि मानब शरीरको महत्वपुर्ण अङगहरू मध्य जीवित रहनको लागि चाहिने अति नै महत्वपूर्ण अंगहरु मुटु, कलेजो,मृगौला,फोक्सो, मस्तिस्क, आदी हुन ।

यी सबै अङगहरुलाई स्वस्थ्य राख्नको लागी हामिले विशेष ध्यान पुर्याउनु पर्दछ। यो पोस्ट मृगौलालाई असर गर्ने खानाहरुको बारेमा रहको छ जुन तपाईले बुझ्नु अतिनै जरुरी छ। अर्थात यहाँ केही खानेकुरा को नाम छन जुन खानाहरू धेरै खाँदा वा पिउदा सोझै मृगौला लाई असर गर्दछन।

यदि हामी स्वास्थ्य रहन चाहान्छौ भने यी खानालाई धेरै हद सम्म ध्यान दिनु पर्ने हुन्छ नत्र भोली कुन रोगबाट थला परिने हो पत्तो हुन्न त्यसैले बेलैमा सचेत रहनु अतिनै जरुरी हुन्छ।

यी खानाहरु नियमित बढी खाए सिधै मृगौला ड्यामेज
हामी सबैलाई थाहा छ कि मानब शरीरको महत्वपुर्ण अङगहरू मध्य जीवित रहनको लागि चाहिने अति नै महत्वपूर्ण अंगहरु मुटु, कलेजो,मृगौला,फोक्सो, मस्तिस्क, आदी हुन।

यी सबै अङगहरुलाई स्वस्थ्य राख्नको लागी हामिले विशेष ध्यान पुर्याउनु पर्दछ । यो पोस्ट मृगौला लाई असर गर्ने खानाहरुको बारेमा रहको छ जुन तपाईले बुझ्नु अतिनै जरुरी छ। अर्थात यहाँ केही खानेकुरा को नाम छन जुन खानाहरू धेरै खाँदा वा पिउदा सोझै मृगौला लाई असर गर्दछन।

यदि हामी स्वास्थ्य रहन चाहान्छौ भने यी खानालाइ धेरै हद सम्म ध्यान दिनु पर्ने हुन्छ नत्र भोली कुन रोग बाट थला परिने हो पत्तो हुन्न त्यसैले बेलैमा सचेत रहनु अतिनै जरुरी हुन्छ।

मृगौला लाई सिधै ड्यामेज बनाउने खानाहरु के-के हुन् ?
सर्वप्रथम नुन अथवा सोडियम : नुनमा सोडियम को मात्रा बढी हुने गर्दछ। सोडियमको मात्रा शरीरमा बढ्ने बितिक्कै किड्नी मै पहिलो असर गर्न सुरु हुन्छ‌। हाम्रो खानाहरु मा नेचुरल सोडियम को मात्रा हुन्छ । त्यसैले धेरै सोडियम को खपत गर्नु किड्नीको लागी खतरा हुन्छ।

एउटा जवान मानिसले दिनमा १ चम्चा नुन अर्थात ६ ग्राम नुन खानु भनिन्छ। ६ ग्राम नुन मा २।४ ग्राम सोडीयम पाइन्छ। २।४ ग्राम सोडियम एकदिनको लागी एउटा जवान मानिसको लागी प्रसस्त हुन्छ। त्यसैगरी बाल बच्चाहरुको उमेर अनुसार नुन खानु पर्छ।

साना ३ वर्ष सम्म का बालबालिका ले ०.८ ग्राम सोडियम अर्थात् २ ग्राम जती नुन खानुपर्छ। ३ वर्ष बाट माथिका बालबालिकाले ३ ग्राम नुन अर्थात १.२ ग्राम नुन खानुपर्दछ।

१ वर्ष मुनिका बालबच्चा हरुलाई धेरै नुनिलो खानाहरू पटक्कै खुवाउनु हुदैंन।‌ उनिहरुको मृगौला राम्रो सँग विकास भै सकेको हुदैंन र धेरै नुन उनीहरुको किड्नीले लिन सक्दैन। जसकारण सानैबाट किड्नी को रोग लाग्न सक्छ।

आमाको दुध खाइरहने बच्चाले दुध बाटै नुनको मात्रा भिटामिन को मात्रा मिनरल्सहरु पाएको हुन्छ । त्यसैले यदि तपाई महिला हुनुन्छ र बच्चा लाई दुध पिलाउने गर्नु हुन्छ भने धेरै सोडियम को मात्रा भएका खानाहरू वा धेरै चर्को नुन भएको खाना कदापि नखानु होला ।

बढी सोडियम भएका खानाहरू र क्यान मा भएको खानाहरू,भेजिटेवलहरू, सुपहरू, ससेजहरू, प्रोसेस मिट, टोमेटो केचअप,सोय सस, चिप्सहरू,अचार आदी मा उच्च सोडियम पाइन्छ । त्यसैगरी समुन्द्री पानी फिल्टर गरेर पिउन बनाइएको पानीमा अत्याधिक सोडियम को मात्रा हुन्छ ।

विदेशमा बस्नेहरुले पानी पिउदा किनेर बोतलको वा जारको कम सोडियम भएको पानी पिउनुपर्दछ । यदी तपाइले यी सोडियम युक्त खानाहरू ओभर खाइरहे किड्नी मा समस्या बनाँउदछ । तपाइले सुन्नु भएको छ होला परदेश गरेको छिमेकी मृगौलाको रोगी भएर घर फर्किएछ आदि।

यो मृगौला खराब हुनु को पछाडी अन्य कारण रहे पनि एक कारण चै परदेश को हाइ सोडियम भएको कुलर को पानी दैनिक पिउने गर्दै वर्षौं सम्म पिउदा मृगौलामा खराबी आउने गर्दछ । त्यसैले यदि तपाईं परदेशमा हुनुन्छ भने कुलर को पानी भन्दा जारको वा बोतल को पानी पिउने बानी गर्नुहोला ।

चिनी बाइट सुगर
चिनि हामि सबैले खाने गर्दछौं । फलफुल बाट पाइने प्राकृतिक सुगर ले हामिलाई इनर्जी दिन्छ । इनर्जी को लागी रगतमा चिनिको मात्रा हुनै पनि पर्छ। तर कम्पनीबाट बनाएको सेतो चिनि ओभर डोज खाइयो भने मृगौला को फिल्टरलाई ड्यामेज गर्ने सम्भावना धेरै हद सम्म बढी हुन्छ।

तपाँईले खाने हरेक फलफुलमा, भेजिटेवलमा, प्राकृतिक सुगर को मात्रा हुन्छ र यहि सुगरको मात्रा मात्रै पनि हाम्रो शरीर को लागि चाहिने सुगर प्रयाप्त हुन्छ र यसैले हाम्रो शरीरको लागी इनर्जी प्रदान गर्दछ । हरेक चिजमा चिनि हालेर खानु राम्रो हुदैंन।

यदि तपाइले चिनि धेरै खानुभयो भने रगतमा चिनि को मात्रा बढ्दछ र शरीरले कन्टोरल गर्न सक्दैन। अहिले को समयमा चिनि खपत अत्याधिक बढी भएकै कारण धेरै मानिसहरू रोगी हुन थालेका छन। तपाँईले हरेक पटक पिसाब गर्दा सुगर को मात्रा निस्कन्छ।

स्वस्थ्य किड्नी छ भने कहिले काँही खाएको चिनिले समस्या हुदैंन। तर शरिर मा विभिन्न रोग लागेको छ, डाइबिटिज पनी छ भने धेरै चिनि खानुभयो र पिसाबमा अत्याधिक सुगर को मात्रा बढ्न थाल्यो भने किड्नी को फिल्टरलाइ सजिल्यै ड्यामेज गर्दछ।

त्यसैले चिनी धेरै खाने बानी आजै बाट त्याग्नुहोस । यदि कहिले काही मात्र खानु हुन्छ भने त्यति फरक नपर्ला तर दैनिक ३ देखि ४ पटक चिया पिउदै पिच्छे धेरै चिनी खाने बानी छ भने यो अब तपाइले कन्ट्रोल गर्न जरुरी छ।

तपाइँलाई लाग्न सक्छ कि अहिलेसम्म के हि भएको छैन अब के होला रु तर याद राख्नुहोस तपाइको उमेर संगै तपाइको शरिर को अंगहरुको पनि उमेर बढ्दै छ र अङ्गहरुले काम गर्न सक्ने छ्यमता दिनानुदिन घट्ने क्रममा छ।

बयस्क उमेर पछि जति उमेर बढ्दै जांन्छ त्यतिनै अंगहरु कम्जोर हुदै जान्छन । त्यसैले आफ्नो विचार आफै गर्नु महान हुदछ।

सोडा अथवा सोडा जन्य पेय पदार्थ र अल्कोहल
सोडा जन्य पेय पदार्थ पेप्सी, कोकाकोला, इनर्जी ड्रिंक्स, रेडबुलहरु आदि जस्ता पेय पदार्थहरु धेरै खाने बितिकै किड्नीमा सोझै असर पुर्याउँदछ ।

पेय पदार्थमा चिनि को मात्रा अत्याधिक बढी हुन्छ र साथमा शरीर को सोचाइको मात्रा पनी अत्याधिक रहेको हुन्छ। यदि नियमित पेप्सी वा सोडा जन्य पदार्थ पिउनुहुन्छ भने तपाँईलाई‌ किड्नीमा स्टोन हुन थालिहाल्छ।

केहि मानिसहरु रमाइलो र ठण्डा को लागि कोल्ड ड्रिंक पिउछन भने केहि मानिसहरू इज्जत देखाउनको लागी पेप्सीहरू, इनर्जी ड्रिङकहरू पिउने गर्दछन।

तर त्यसको सट्टा मा १ बोतल शुद्ध पिउने पानी पिएर हेर्नुहोस तपाँईलाई कती फाईदा पुर्याउँछ। त्यसैले सोडा जन्य कार्बोनेटेड वाटरहरू पेय पदार्थहरू दिनँहु नपिउनुहोस्।

तत्काल मा केही हुदैंन तर पछी गएर स्टोन को समस्या देखिन थाल्छ । कहिले काही मात्र हो भने पिउन सक्नु हुन्छ तर यदि दैनिक नै पिउनु हुन्छ भने चै अवस्य विचार गर्नुहोस्।

त्यस्तै गरी अर्को अल्कोहल (दारु, चुरोट, खैनी) यी मृगौला को दुश्मनी हुन्। जब सम्म मृगौला ले यी दारु, चुरोट, खैनी संग लडन सक्छ त्यतिन्जेल त के हि हुदैन ।

तर कुनै एक दिन मृगौलाको थोरै मात्र लड्ने छ्यमता घट्यो भने त्यसपछि यी पदार्थ ले मृगौलालाइ पेल्न सुरु गर्दछ र स्टोन हुने वा मृगौला नै ड्यामेज हुने सम्भावना बढ्दछ।

याद गर्नुहोस बढी रक्सि पिउने व्यक्तिलाई मृगौला को स्टोन भएकै हुन्छ भने यस मध्येका कोहि को मृगौला नै ड्यामेज भएर ज्यान नै त्यागी पनि सकेका छन्।

माछा मासु अण्डा
दिनहु माछा,मासु र बढी अन्डा खाने गर्नाले किड्नीलाई ड्यामेज गरिदिन सक्छ । यी खानामा अन्डामा उच्च मात्रामा प्रोटिन र फस्फोरस हुन्छ।

हाईप्रोटीन, र हाईफस्फोरस बढी भएका खानाहरू किड्नी ले छान्न सक्दैन। किड्नीलाई अत्याधिक भार पर्दछ हाई प्रोटिन फिल्टर गर्नलाई र किडनी ड्यामेज हुने सम्भावना धेरै हुन्छ।‌

माछा मासु अत्याधिक खाने मानिसहरुमा किड्नी को समस्या हुन्छ। त्यसैले गर्दा खानामा सागपातलाई धेरै ध्यान दिनुपर्दछ।

माछा मासु पनी खानुपर्दछ तर ठिक्क लिमिट मा खानुपर्दछ। यी खानाहरूलाई‌ सुधार गर्न सके तपाँईको मृगौला स्वस्थ्य रहन्छ।

अण्डा शरिर को लागि अति नै फाइदा जनक हो तर आवस्यकता भन्दा बढी दैनिक खादा नेगेटिभ प्रतिकिया हुन सुरु गराउदछ।

त्यसैले हरेक खाना खादा तरिका मिलाएर खाने गर्नु पर्दछ । शरीर मा कोलेस्ट्रोल बढि छ भने अण्डा खादा भित्र को पहेलो भाग फ्याकेर सेतो भाग मात्र खानु पर्दछ।

कोलेसट्रोल बढी भएको शरीरलाई अण्डा भित्रको पहेलो भाग ले मृगौलालाई असर गर्दछ। त्यसैले कोलेस्ट्रोल भढी भएको ब्यक्तिले अण्डा भित्र को पहेलो भाग फ्याकेर खानु पर्दछ।

क्याफिन पाइने खानाहरू
चिया,कफी,इनर्जी ड्रीक,सोडाहरूमा धेरै क्याफिन पाइन्छ। क्याफिन भनेको एक किसिमको उत्तेजक रसायन हो।

जसले मस्तिस्कलाई उत्तेजक बनाइदिन्छ र हामिलाई फ्रेस भएको जस्तो लाग्छ।‌ चिया, कफी, इनर्जी ड्रिंक्स पिउदा निन्द्रा नलाग्ने कारण नै यही हो।

क्याफिनले मृगौलामा रक्त सञ्चार बढाई दिन्छ। क्याफिनले मृगौलामा रक्त सञ्चार बढाई दिन्छ । जसले गर्दा मृगौलामा स्टोन हुने वा ड्यामेज हुने सम्भावना धरै हुन्छ।


Last Updated on: March 16th, 2021 at 8:36 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया